काठमाडौं– स्पेन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकेले राजीनामा दिएका छन्।
कतारमा जारी विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि एनरिकेले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
उनले दिएको राजीनामा संघका अध्यक्ष लुइस रुबियालेस र जोसे फ्रान्सिस्को मोलिनाले बिहीबार स्वीकृत गरेका छन्।
एनरिके सन् २०१८ को जुलाईदेखि स्पेनको प्रशिक्षक थिए। उनकै प्रशिक्षणमा स्पेन गत वर्ष युरो कपको सेमिफाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।