• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीन दर्जन बढी पद बाँडफाँटको केन्द्रमा ‘प्रधानमन्त्री’

64x64
ईश्वर बराल आइतबार, मंसिर २५, २०७९  २०:३५
1140x725

काठमाडौं- गत मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ। परिणामको अंक गणित हेर्दा वर्तमान सत्ता-गठबन्धनले सिके राउत नेतृत्वको जनमत पार्टीलाई समावेश गरेर बहुमत पुर्याउने देखिएको छ। 

बहुमतको आँकडा बोकेर यो गठबन्धन आसन्न सरकारको प्रारुपको लेखाजोखामा लागेको छ। यो गठबन्धनको दिगोपनमा अनेक सन्देह छन्। यद्यपि, अहिले केन्द्रदेखि प्रदेशसम्मका रिक्त राजनीतिक पदहरुमा कस-कसको नेतृत्व रहने भन्नेमा छलफल केन्द्रित रहेको नेताहरु बताउँछन्। 

नयाँ संसद् आएसँगै संघ र प्रदेशमा गरी कम्तीमा तीन दर्जन पदलाई केन्द्रमा राखेर दलहरु ‘लेनदेन’ मा केन्द्रित छन्। तीन दर्जनमध्ये पनि संघमा प्रधानमन्त्री को बन्ने भन्ने मुख्य रस्साकस्सी छ भने अन्य पदलाई त्यससँगै ‘होलसेल’ मा सल्टाउने गरी नेताहरु भेटघाटमा रहेका छन्। 

यो गठबन्धनको इतरमा रहेको दोस्रो ठूलो दल नेकपा एमाले पनि आन्तरिक रुपमा सत्ताको खेलमा लागेको बुझिन्छ। तर एमाले नेतृत्वमा बन्ने गठबन्धनसँग आवश्यक संख्या पुग्ने न देखिएकाले एमाले सत्ता-गठबन्धनको फुटको प्रतीक्षामा रहेको देखिन्छ। 

कुन-कुन हुन् त ३ दर्जन पद?
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४ जना, प्रदेश सभाका सभामुख र उपसभामुख सहित १४ जना लगायत करिब ३ दर्जन पदहरुमा नयाँ नेतृत्व आउनेछन्। त्यसो त संघ र प्रदेश सरकारमा मन्त्रीहरुको कुल संख्या अरु ६ दर्जन जति रहन्छ। 

उक्त सबै पदहरुको बाँडफाँटका लागि काठमाडौंमा वर्तमान सत्ता-गठबन्धनका नेताहरुको दौडधुप बढेको छ। दौडधुपको केन्द्रमा भने प्रधानमन्त्री पद रहेको छ। प्रधानमन्त्रीसँगै राष्ट्रपति र सभामुखलाई पहिलो चरणमै टुङ्ग्याउनेमा छलफल केन्द्रित छ। 

प्रधानमन्त्रीका लागि गठबन्धन भित्रैबाट कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला लाइनमा छन्। तर बालुवाटार पस्न पहिला कांग्रेस संसदीय दलको नेता चुनिनु पर्ने हुन्छ। यसका लागि प्रबल दाबेदारी सभापति देउवा र महामन्त्री थापाको मात्रै देखिन्छ। 

यो निर्वाचनमा ठूलो दल बनेको कांग्रेसको संसदीय दलको नेता निर्वाचित व्यक्तिको स्वत: प्रधानमन्त्रीका लागि दावी हुनेछ। त्यस्तै, गठबन्धन भित्रको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले  निर्वाचन अघिबाटै प्रधानमन्त्री आफू नै हो भन्ने मुखर रुपमा दावी गरिरहेका थिए। उक्त पार्टीको आइतबार सम्पन्न सचिवालयको बैठकमा पनि प्रधानमन्त्रीका लागि वर्तमान गठबन्धनको विकल्पबारे सोच्न सकिने आन्तरिक रुपमा छलफल भएको सूत्रहरुले जनाएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

उक्त विषयलाई पुष्टि गर्ने गरी शनिबारको सचिवालाय बैठकपश्चात् प्रवक्ता कृष्णबहादुर महराको सञ्चारकर्मीलाई ‘गठबन्धनको विकल्प खुला’ गरिएको भन्ने आसयको भनाइले पुष्टि गर्छ। यद्यपि, आइतबार सम्पन्न बैठकपश्चात् पत्रकार समक्ष उपस्थित भएका महासचिव देव गुरुङले उक्त कुराको खण्डन गर्दै आफ्नो दल वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको निर्णय सुनाए। तर माओवादी निकट स्रोत अध्यक्ष प्रचण्डले अब बन्ने सरकारको नेतृत्व गर्नेबारे  छलफल अगाडि बढाएको बताउँछ। 

माओवादी केन्द्र प्रधानमन्त्री आफूले पाउनुपर्ने र अरु पदहरुलाई ‘प्याकेज’ मा टुङ्ग्याउनुपर्नेमा जोड गरिरहेको छ।

पद बाँडफाँटको खाकाबारे छलफल
कांग्रेस सभापतिका विशेष दूतको रुपमा सक्रिय उपसभापति पूर्णबहादुर खड्कासँगको भेटमा माओवादी अध्यक्ष प्रचण्डले उल्लेखित पदको बाँडफाँटको खाका प्रस्तुत गर्न अनुरोध गरेको खड्का निकट स्रोतले बताएको छ। त्यसपछि बालुवाटारमा बसेको सत्ता-गठबन्धनको बैठकमा पनि यस विषयले प्रवेश पाइसकेको छ। 

संघमा आवश्यक बहुमत पुर्याउन मधेश प्रदेशबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईबाट उदाएको नागरिक उन्मुक्ति पार्टीलाई पनि आकर्षक पद दिएर भित्र्याउनुपर्ने बाध्यता गठबन्धन दललाई छ। यी दुई दल क्रमश: मधेश प्रदेश र लुम्बिनी प्रदेश सरकार निर्माणका लागि निर्णायक छन्।

समस्या अनेक: ध्यान शक्ति बाँडफाँटमा
पछिल्ला केही महिना राजनीतिक नेतृत्व जनताका घर-आँगनमा थिए। जनताका अनेक ताजा र दीर्घकालीन समस्या सुनेर काठमाडौं फर्केको राजनीतिक नेतृत्व शक्ति बाँडफाँटमा मात्र केन्द्रित छ। 

पछिल्ला छलफललाई हेर्ने हो भने शक्ति बाँडफाँटको रस्साकस्सीले अझै केही समय लिने देखिन्छ। फरक-फरक घोषणापत्र लिएर चुनावी मैदानमा गएका दलहरु गठबन्धनलाई निरन्तरता दिने नाममा अन्य साझा नीति तथा जनताको जनादेशलाई लिपिबद्ध गर्नका अलावा सत्ता बर्गेनिङमा मात्र लागेको देखिन्छ। 

यसले जनताको अपेक्षा अनुसारको 'डेलिभरी' दिन नसक्ने बताउँछन् राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले। चुनावी परिणामसँगै गठबन्धन बनाएर दलहरु शक्ति बाँडफाँटमा मात्र केन्द्रित हुँदा यसपछि बन्ने सरकारले पनि सुशासन र डेलिभरी दिन नसक्ने वाग्लेको धारणा छ।

‘संसद त्रिशंकु रहेकाले राजनीतिक दलहरुको ध्यान पावर सेयरिङको विषयमा मात्र केन्द्रित छ। तर मुख्यत: साझा नीति कस्तो हुने भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने हो,’ नेपाल लाइभसँग कुरा गर्दै वाग्लेले भने, ‘शिक्षा नीति, स्वास्थ्य नीति, परराष्ट्र नीति र समग्र विकास नीति लगायतका विषयमा अब आउने सरकारले प्राथमिकता दिँदै जनतालाई कसरी सुशासन र डेलिभरी दिने भन्ने विषयमा छलफल नै सुरु भएको छैन।’

जनतामा मौजुदा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि रहेको प्रष्ट हुँदाहुँदै पनि नेतृत्वको ध्यान सत्ता राजनीतिमा मात्र भएकाले जवाफदेहितामै सन्देह रहेको वाग्ले बताउँछन्। ‘जनताका धेरै अपेक्षा छन् तर अब बन्ने सरकारको नेतृत्व गर्नेले पहिले आसन्न सरकारको स्पष्ट ‘रोडम्याप’ तय गर्नुपर्ने हो तर छलफलको केन्द्र मात्र सत्ता हुनुले देश र जनताले भोगेको समस्याबारे नेतृत्व जावफदेही देखिँदैन।’

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्