• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
तीन दर्जन बढी पद बाँडफाँटको केन्द्रमा ‘प्रधानमन्त्री’
64x64
ईश्वर बराल आइतबार, मंसिर २५, २०७९  २०:३५
1140x725

काठमाडौं- गत मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ। परिणामको अंक गणित हेर्दा वर्तमान सत्ता-गठबन्धनले सिके राउत नेतृत्वको जनमत पार्टीलाई समावेश गरेर बहुमत पुर्याउने देखिएको छ। 

बहुमतको आँकडा बोकेर यो गठबन्धन आसन्न सरकारको प्रारुपको लेखाजोखामा लागेको छ। यो गठबन्धनको दिगोपनमा अनेक सन्देह छन्। यद्यपि, अहिले केन्द्रदेखि प्रदेशसम्मका रिक्त राजनीतिक पदहरुमा कस-कसको नेतृत्व रहने भन्नेमा छलफल केन्द्रित रहेको नेताहरु बताउँछन्। 

नयाँ संसद् आएसँगै संघ र प्रदेशमा गरी कम्तीमा तीन दर्जन पदलाई केन्द्रमा राखेर दलहरु ‘लेनदेन’ मा केन्द्रित छन्। तीन दर्जनमध्ये पनि संघमा प्रधानमन्त्री को बन्ने भन्ने मुख्य रस्साकस्सी छ भने अन्य पदलाई त्यससँगै ‘होलसेल’ मा सल्टाउने गरी नेताहरु भेटघाटमा रहेका छन्। 

यो गठबन्धनको इतरमा रहेको दोस्रो ठूलो दल नेकपा एमाले पनि आन्तरिक रुपमा सत्ताको खेलमा लागेको बुझिन्छ। तर एमाले नेतृत्वमा बन्ने गठबन्धनसँग आवश्यक संख्या पुग्ने न देखिएकाले एमाले सत्ता-गठबन्धनको फुटको प्रतीक्षामा रहेको देखिन्छ। 

कुन-कुन हुन् त ३ दर्जन पद?
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४ जना, प्रदेश सभाका सभामुख र उपसभामुख सहित १४ जना लगायत करिब ३ दर्जन पदहरुमा नयाँ नेतृत्व आउनेछन्। त्यसो त संघ र प्रदेश सरकारमा मन्त्रीहरुको कुल संख्या अरु ६ दर्जन जति रहन्छ। 

उक्त सबै पदहरुको बाँडफाँटका लागि काठमाडौंमा वर्तमान सत्ता-गठबन्धनका नेताहरुको दौडधुप बढेको छ। दौडधुपको केन्द्रमा भने प्रधानमन्त्री पद रहेको छ। प्रधानमन्त्रीसँगै राष्ट्रपति र सभामुखलाई पहिलो चरणमै टुङ्ग्याउनेमा छलफल केन्द्रित छ। 

प्रधानमन्त्रीका लागि गठबन्धन भित्रैबाट कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला लाइनमा छन्। तर बालुवाटार पस्न पहिला कांग्रेस संसदीय दलको नेता चुनिनु पर्ने हुन्छ। यसका लागि प्रबल दाबेदारी सभापति देउवा र महामन्त्री थापाको मात्रै देखिन्छ। 

यो निर्वाचनमा ठूलो दल बनेको कांग्रेसको संसदीय दलको नेता निर्वाचित व्यक्तिको स्वत: प्रधानमन्त्रीका लागि दावी हुनेछ। त्यस्तै, गठबन्धन भित्रको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले  निर्वाचन अघिबाटै प्रधानमन्त्री आफू नै हो भन्ने मुखर रुपमा दावी गरिरहेका थिए। उक्त पार्टीको आइतबार सम्पन्न सचिवालयको बैठकमा पनि प्रधानमन्त्रीका लागि वर्तमान गठबन्धनको विकल्पबारे सोच्न सकिने आन्तरिक रुपमा छलफल भएको सूत्रहरुले जनाएका छन्। 

Ncell 2
Ncell 2

उक्त विषयलाई पुष्टि गर्ने गरी शनिबारको सचिवालाय बैठकपश्चात् प्रवक्ता कृष्णबहादुर महराको सञ्चारकर्मीलाई ‘गठबन्धनको विकल्प खुला’ गरिएको भन्ने आसयको भनाइले पुष्टि गर्छ। यद्यपि, आइतबार सम्पन्न बैठकपश्चात् पत्रकार समक्ष उपस्थित भएका महासचिव देव गुरुङले उक्त कुराको खण्डन गर्दै आफ्नो दल वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको निर्णय सुनाए। तर माओवादी निकट स्रोत अध्यक्ष प्रचण्डले अब बन्ने सरकारको नेतृत्व गर्नेबारे  छलफल अगाडि बढाएको बताउँछ। 

माओवादी केन्द्र प्रधानमन्त्री आफूले पाउनुपर्ने र अरु पदहरुलाई ‘प्याकेज’ मा टुङ्ग्याउनुपर्नेमा जोड गरिरहेको छ।

पद बाँडफाँटको खाकाबारे छलफल
कांग्रेस सभापतिका विशेष दूतको रुपमा सक्रिय उपसभापति पूर्णबहादुर खड्कासँगको भेटमा माओवादी अध्यक्ष प्रचण्डले उल्लेखित पदको बाँडफाँटको खाका प्रस्तुत गर्न अनुरोध गरेको खड्का निकट स्रोतले बताएको छ। त्यसपछि बालुवाटारमा बसेको सत्ता-गठबन्धनको बैठकमा पनि यस विषयले प्रवेश पाइसकेको छ। 

संघमा आवश्यक बहुमत पुर्याउन मधेश प्रदेशबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईबाट उदाएको नागरिक उन्मुक्ति पार्टीलाई पनि आकर्षक पद दिएर भित्र्याउनुपर्ने बाध्यता गठबन्धन दललाई छ। यी दुई दल क्रमश: मधेश प्रदेश र लुम्बिनी प्रदेश सरकार निर्माणका लागि निर्णायक छन्।

समस्या अनेक: ध्यान शक्ति बाँडफाँटमा
पछिल्ला केही महिना राजनीतिक नेतृत्व जनताका घर-आँगनमा थिए। जनताका अनेक ताजा र दीर्घकालीन समस्या सुनेर काठमाडौं फर्केको राजनीतिक नेतृत्व शक्ति बाँडफाँटमा मात्र केन्द्रित छ। 

पछिल्ला छलफललाई हेर्ने हो भने शक्ति बाँडफाँटको रस्साकस्सीले अझै केही समय लिने देखिन्छ। फरक-फरक घोषणापत्र लिएर चुनावी मैदानमा गएका दलहरु गठबन्धनलाई निरन्तरता दिने नाममा अन्य साझा नीति तथा जनताको जनादेशलाई लिपिबद्ध गर्नका अलावा सत्ता बर्गेनिङमा मात्र लागेको देखिन्छ। 

यसले जनताको अपेक्षा अनुसारको 'डेलिभरी' दिन नसक्ने बताउँछन् राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले। चुनावी परिणामसँगै गठबन्धन बनाएर दलहरु शक्ति बाँडफाँटमा मात्र केन्द्रित हुँदा यसपछि बन्ने सरकारले पनि सुशासन र डेलिभरी दिन नसक्ने वाग्लेको धारणा छ।

‘संसद त्रिशंकु रहेकाले राजनीतिक दलहरुको ध्यान पावर सेयरिङको विषयमा मात्र केन्द्रित छ। तर मुख्यत: साझा नीति कस्तो हुने भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने हो,’ नेपाल लाइभसँग कुरा गर्दै वाग्लेले भने, ‘शिक्षा नीति, स्वास्थ्य नीति, परराष्ट्र नीति र समग्र विकास नीति लगायतका विषयमा अब आउने सरकारले प्राथमिकता दिँदै जनतालाई कसरी सुशासन र डेलिभरी दिने भन्ने विषयमा छलफल नै सुरु भएको छैन।’

जनतामा मौजुदा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि रहेको प्रष्ट हुँदाहुँदै पनि नेतृत्वको ध्यान सत्ता राजनीतिमा मात्र भएकाले जवाफदेहितामै सन्देह रहेको वाग्ले बताउँछन्। ‘जनताका धेरै अपेक्षा छन् तर अब बन्ने सरकारको नेतृत्व गर्नेले पहिले आसन्न सरकारको स्पष्ट ‘रोडम्याप’ तय गर्नुपर्ने हो तर छलफलको केन्द्र मात्र सत्ता हुनुले देश र जनताले भोगेको समस्याबारे नेतृत्व जावफदेही देखिँदैन।’

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्