काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौमा सुुरु भएको छ। कोटेश्वरस्थित एक होटलमा सुरु भएको बैठकमा निर्वाचन समीक्षा, समानुपातिक सूची र पार्टीको अगामी रणनीतिबारे छलफल हुनेछ।
जनमत पार्टीका नेता विनोद पासवानका अनुसार यो बैठक पार्टीको नियमित बैठक नै हो। जनमत पार्टीको केन्द्रीय समिति बैठक हरेक ६ महिनामा बस्ने नियम अनुसार नै यो बैठक बस्न लागेको उनले बताए।
गएको ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेपछि यो पार्टीको चर्चा चुलिएको छ। साथै समानुपातिकतर्फ पनि यो पार्टीले थ्रेसहोल्ड कटाएको छ।
पछिल्लो केही समययता यो पार्टीका अध्यक्ष राउत सत्ता-गठबन्धनसहित अन्य सबै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। सत्ता-गठबन्धनसँग जनमत पार्टीले केन्द्र र मधेश प्रदेशमा सत्ता सहयात्रा नै गर्ने गरी कुरा अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।