काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन्।
राउत सप्तरी- २ बाट जसपा अध्यक्ष यादवलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका थिए। राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित काङ्ग्रेसका शीर्ष नेताहरुलाई भेटेका थिए।
त्यसैगरी माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि भेटेका राउतले मंगलबार रास्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।