धनगढी- महाकालीको धार नेपालतिर धकेल्ने गरी बनाएको बाँध हटाउन भारतीय पक्षलाई १० दिनको म्याद दिइएको छ। १० दिनपछि फेरि छलफल गर्ने र त्यसपछि विवादित ठाउँमा दुवैतिर समन्वय गरेर काम अगाडि बढाइने छ।
महाकालीको बहाव नेपालतिर धकेल्न खोजेपछि आइतबार दार्चुलाबासी विरोधमा उत्रिएका थिए। उनीहरूमाथि भारतीय नागरिकले ढुंगामुढा गरेका थिए।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुला जहाँ लिपुलेक, लिम्पियाधुरा समेतको भूभाग पर्छ त्यहाँस्थित महाकालीमा भारतले अस्थायी संरचना र तटबन्ध निर्माण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।