काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ। आयोगले बुधबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर वार्षिक प्रतिवेदन बुझाएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रपति भवनमा आयोजित समारोहमा वार्षिक प्रतिवेदन बुझाएको जानकारी दिएका छन्।
अध्यक्ष मगरले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरेको प्रवक्ता आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।