काठमाडौं- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग निष्प्रभावी पारेको भन्दै संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई तत्काल कारबाही गर्न माग गरेको छ।
बुधबार नेपाल बारले एक प्रेस विज्ञप्ति जारी गर्दै संसद सचिवालयका महासचिव गौतमले संविधान र कानुन विपरीत प्रधानन्यायाधीश जबराको निलम्बनको प्रस्तावलाई निष्प्रभावी भएको पत्र दिएको भन्दै कारबाहीको माग गरेको हो।
निलम्बित प्रधानन्यायाधीश जबराले मंगलबार पदमा फर्कन पाउने व्यहोरा सहितको निवेदन दिएसँगै संसद् सचिवालयका महासचिव गौतमले उनको निलम्बन निष्प्रभावी भएको पत्र दिएका थिए।
बारले संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्ताव दर्ता भएको र उक्त महाअभियोग संसद्को पुँजी भएको दावी गरेको छ। गौतमले संसदको क्षेत्राधिकारमाथि हस्तक्षेत्र गरेको भन्दै बारले कारबाही गर्न माग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।