काठमाडौं- हुम्लामा तारा एयरको कार्गो बिमान चिलसँग ठोक्किएको छ। बुधवार दिउँसो १२:४५ मा नेपालगञ्जबाट सिमकोटका लागि उडेको कार्गो विमान चिलसँग ठोक्किँदा अगाडिको भागमा प्वाल परेको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार त्यहाँबाट सिमकोटसम्म पुग्न ४० मिनेट लाग्छ। विमानस्थल पुग्नु ४–५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको उनले बताएका छन।
जहाजमा रहेका दुई पाइलट र एक जना एयर होस्टेस सुरक्षित रहेको पनि उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।