काठमाडौं- वरिष्ठ अधिवक्ता हरिहर दाहालले संसद् सचिवालयका महासचिवले महाअभियोग लागेका प्रधानन्याधीश चोलेन्द्रशमशेर राणामाथिको महाअभियोग निष्क्रिय भयो भनी कसको निर्देशनमा लेख्नु भयो भनी प्रश्न गरेका छन्।
महाभियोग निष्क्रिय हुने आधार र कारण नखुलाई कसैलाई मन लाग्दैमा पत्र लेख्ने अधिकार नहुने जिकिर गरेका छन्। 'संसदमा छलफल हुने सम्भावना बाँकी नै हुँदा पत्र किन लेखियो? यो अधिकार दुरुपयोग हो,' दाहालले भने।
संसद् सचिवालयका महासचिवले महाअभियोग लागेका प्रधानन्याधीश चोलेन्द्रशमशेर राणालाई निलम्बन फुकुवाको पत्र काटेपछि सर्वोच्च अदालतमा कानुन व्यवसायीहरूले धर्ना दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।