काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई निलम्बन पत्र निष्क्रिय भएको पत्रका विषयमा संसद् सचिवालयले स्पष्ट पारेको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले एउटा संसद्मा भए/गरेका काम अर्को संसद्मा ट्रान्सफर हुने व्यवस्था नरहेको बताए।
विगतको अभ्यासमा पनि त्यस्तो नदेखिएका कारण उक्त पत्र दिइएको बताए। उनले भने, ‘एउटा संसदमा भएका अर्कोमा ट्रान्सफर हुने व्यवस्था छैन। प्रस्तावका हकमा चाहीँ निष्क्रिय हुने व्यवस्था रहेकाले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिइएको हो।’
अघिल्लो संसद्ले किनारा लगाउन नसकेका कुराहरु अर्कोमा सर्दैनन् भन्ने मान्यताअनुसार उक्त पत्र दिइएको उनले बताए। संसद्का कार्यकाल स्पष्ट नतोकिएकाले निर्वाचन सम्पन्न हुने मिति कुरेको बताए।
मंगलबार नयाँ संसद्का लागि निर्वाचन सम्पन्न भइसकेको जानकारी प्राप्त भएपछि राणाले जानकारी पत्र मागेकाले दिइएको उनले बताए।
महाअभियोग प्रस्ताव निष्प्रभावी भएसँगै उनले प्रधानन्यायाधीशका रुपमा कामकाज गर्न नपाउने पत्र समेत निष्प्रभावी भएको पत्र सचिवालयले सर्वोच्च अदालत लगायतलाई पठाइएको छ। उक्त पत्र पाएसँगै राणाले सर्वोच्च फर्किने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।