काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले निलम्बन फुकुवाको पत्र पाएसँगै सर्वोच्च जाने भएका छन्।
संसद् सचिवालयका महासचिव भरतराज गौतमले उनीमाथिको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै पत्र पठाएपछि आफू सर्वोच्च जान लागेको राणाको भनाइ छ।

'महाभियोग प्रस्ताव तत्कलीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानरकीको लागि अनुरोध छ', महासचिव गौतमले सर्वोच्च अदातल लगायतका पाँच निकायलाई पठाएको पत्रमा भनिएको छ ।
राणाविरुद्ध २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। तर त्यो टुंगोमा नपुग्दै प्रतिनिधि सभाको कार्यकाल सकिएको थियो।
चोलेन्द्रले संसद् सचिवालयलाई दिएको निवेदन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।