दार्चुला– नेपाल–भारत समन्वय बैठक बुधबार भारतको धारचुलामा बस्ने भएको छ। भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धका बारेमा विवाद उत्पन्न भएपछि समन्वयका लागि बैठक बस्न लागेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
बैठक धारचुलाको विश्राम गृह लोक निर्माण विभागमा मध्यान्ह १२ बजे बस्ने जनाइएको छ। भारतले महाकाली नदीमा नेपालतर्फ धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरिरहेकोप्रति स्थानीयहरूले विरोध जनाएका छन्। उनीहरूले आइतबार ढुंगामुंगा गर्नुका साथै सीमा पुल बन्द समेत गरेका थिए।
तटबन्ध निर्माणका क्रममा विवाद उत्पन्न भएपछि नेपाली प्रशासनको आग्रहमा पिथौरागढका डिएमको उपस्थितिमा बैठक डाकिएको हो। बैठकमा भारतको पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, नेपाल तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय सहभागी हुनेछन्।
बैठकमा भारतको लोक निर्माण विभाग, सिंचाइ निर्माण खण्ड, भारतीय सीमा सुरक्षा बल लगायत सम्बद्ध निकायलाई आमन्त्रण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।