काठमाडौं– जनमत पार्टीका अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सिके राउतले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेका छन्। राष्ट्रपति निवासमा भएको भेटघाटमा उनले राजनीतिक निकासका वियषयमा छलफल गरेको बताएका छन्।
भेटको तस्बिर सार्वजनिक गर्दै राउत सचिवालयले भनेको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको छ।’
एक सिट प्रत्यक्ष जितेर समानुपातिकमा ५ सिटसम्म ल्याउनेगरी मत पाएको जनतमत पार्टी सरकार निर्माणका लागि ‘निर्णायक’ शक्ति बनेको छ। राउतले पछिल्लो समय सत्ता गठबन्धन र प्रतिपक्षका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।