काठमाडौं– काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती व्यवस्थापन गर्न माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको छ।
उपत्यकाबासी व्यवस्थापन तथा संघर्ष समितीका संयोजक नन्दगोपाल (नन्दवीर)ले सक्कली सुकुम्बासीको पहिचान गर्नुपर्ने र भूमि कब्जा गर्न बसेकालाई कारबाही हुनुपर्ने बताए।
समितिले महानगरका मेयर बालेन्द्र साहलाई ज्ञापन पत्रसमेत बुझाएको छ। ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता, सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस्’, ध्यानाकर्षण पत्रमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।