काठमाडौं– नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदीमा देखिएको समस्या समाधानका लागि संघीय सरकारले केन्द्रबाट पहल थाल्नुपर्ने बताएका छन्।
सीमानामा एउटाले बनाउने संरचनामा अर्कोतर्फ पनि असर पर्ने भएकाले एकपक्षीय रुपमा बनाउन नमिल्ने उनले बताएका छन्। नदीको धार नै परिवर्तन हुनेगरी महाकालीमा बनाइँदै गरेको संरचना तत्काल रोकेर द्विपक्षीय वार्ता गरी सहमति खोज्न उनले सरकारसँग माग गरेका छन्।
उनले भनेका छन्, ‘महाकाली नदी सीमा नदी हो। सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन। नदीको धार नै परिवर्तन हुनेगरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरि सहमति खोजीयोस्। यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।