काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवादमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई स्पष्टीकरण बुझाएका छन्।
लामिछानेले आफ्नो नागरिकता नेपाली नभएको भनि गरिएको दाबी गलत भएको उल्लेख गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएपछि आफ्नो नागरिकताको कुरा विवादमा ल्याइएको तर, आफू नेपाली नै भएको उनको दाबी छ।
उनले आफूले २०५० साल फागुन १० गते काठमाडौंबाट नेपाली नागरिकता लिएको र अध्ययनका सिलसिलामा अमेरिका पुगेपछि अमेरिकाको स्थायी बसोबास लिएको बताएका छन्।
‘मैले आफ्नो नेपाली नागरिकता प्रमाणपत्र वैधानिक रुपमा त्यागेको थिइनँ। न नेपाल सरकारले मेरो नागरिकता रद्ध नै गरेको थियो’, लामिछानले जवाफमा भनेका छन् ‘म विदेश छँदा पनि नेपाली नै थिएँ। आज पनि नेपाली नै नागरिक हुँ।’
रवि लामिछानेविरुद्धको उजुरीः
२०१८ मे १८ मा अमेरिकाको नागरिकता र राहदानी औपचारिक रुपमा नेपालस्थित अमेरिकी राजदूतावासमार्फत् परित्याग गर्न निवेदन दिएको उनले बताएका छन्। त्यसपछि आफूसँग नेपाल बाहेक अन्य कुनै मुलुकको नागरिकता नरहेको लामिछानेको दाबी छ। उनले यसअघि पनि सरकारी निकायले आफ्नो नागरिकता स्वीकार गरेको बताएका छन्।
रवि लामिछानेको जवाफः
उनले आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालत र उच्च अदालत हेटौंडामा पनि नागरिकता पेस गरेको र त्यसलाई स्वीकार गरिएकाले थप उजुरी खारेज हुनुपर्ने जिकिर गरेका छन्। लामिछानेनले ५ वर्षअघि नै नागरिकतामा विवाद उठेको र त्यसको समाधान भएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।