काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विभिन्न देशका राजदूत र कुटनीतिज्ञहरूसँग भेटेका छन्।
युएईको नेपाल मिसनको ५१औं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्य्रममा केसीले विभिन्न देशको राजदूतसँग भेट गरेका हुन्।
नेपाली चलचित्र र संगीतबारे राजदूतहरूसँग छलफल भएको उनले बताए।
‘युएई मिसनको शुभ अवसरमा सम्मानित राजदूत र कूटनीतिज्ञहरुको भेटघाट रोचक रह्यो। उनीहरुले चलचित्र विकास बोर्डसँग सहकार्य गर्न आफूहरु आतुर रहेको बताए,’ उनले फेसबुकमा लेखेका छन्, ‘ नेपाली चलचित्र र संगीतको लागि उहाँहरूको शब्द, समर्थन र उत्साहको लागि म धन्यवाद दिन चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।