काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउत पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। पहिलो पटक राष्ट्रिय दल बनेसँगै जनमत पार्टीका अध्यक्ष राउत पछिल्लो समय विभिन्न दलका नेताहरुसँग भेटघाट गर्दै आएका छन्।
सोही क्रममा उनले सोमबार नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेट गरेका छन्। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा भट्टराईले जानकारी दिएका छन्।
भेटपछि ट्विट गर्दै भट्टराईले संवैधानिक समापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरुको राय लिन क्रममा सिंह दरबारमा भेट्दा औंला उठाउनेहरु अहिले गलत सावित भएको बताएका छन्।
भेटपछि डा भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘जनमत पार्टीका अध्यक्ष डा सिके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल। मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूकोसमेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुसी व्यक्त गरेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।