काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन्।
सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय कार्यालय डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधान कार्यान्वयनका लागि तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए।
उनले उचित कानुन निर्माण अभावमा जनताले सेवा उपभोग गर्न नसकेको दाबी गरेका छन्। उनले आव्यक कानुन निर्माण हुन नसक्न सामाजिक, सांस्कृतिक र आर्थिक विकास हुन नसकेको बताए।
उनले सदनमा उभिँदा अब आफ्नो पहल संघीयता कार्यान्वयन र तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनतर्फ हुने बताए। खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट हुनसक्ने सबै सहयोग हुने नेता सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।