काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुगेका थिए।
भेटमा उनीहरूले बधाई तथा शुभकामना साटासाट गरे। हालैको प्रतिनिधि सभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए।
भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ।
दुई नेताबीचको छलफल सकारात्मक र उपलब्धिमुलक रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।