दोहा– अस्ट्रेलियाविरूद्ध २–१ गोलले विजयी खेलमा अर्जेन्टिनी स्टार लिओनल मेसीले ‘६ टच’ मा पहिलो गोलको दिशा देखाएका थिए।
उनले ३४ दशमलव २२ सेकेण्डमा अस्ट्रेलियाको टच लाइन नजिकैबाट फ्रिकिक हानेका थिए। उनको फ्रिकिक अस्ट्रेलियन डिफेन्डर ह्यारी सुटरले ६ यार्ड बाहिरबाट निकालेका थिए। तर, पुन: डिबक्स बाहिर बललाई नियन्त्रणमा लिएका मेसीले गोलका क्रममा ६ पल्ट बल टच गरेका थिए।
उनलाई गोलका लागि डिबक्सभित्र ओटमेन्डीले बल मिलाइदिएका थिए। जसमा सुटरकै गोडा मुनीबाट सुन्दर गोल गरेका थिए।
मेसीको यो गोल विश्वकपमा नवौं थियो। उनले विश्वकपको नकआउट चरणमा पहिलोपल्ट गोल हानेका हुन्। मेसी आफ्ना देशका पूर्वस्ट्राइकर गाब्रियल बाटिस्टुटाले विश्वकपमा बनाएको १० गोलको कीर्तिमानलाई बराबरी गर्ने अभियानमा एक गोलले पछाडि छन्।
अर्जेन्टिनाका अर्का पूर्वस्टार दिवंगत डिएगो म्याराडोनाको विश्वकपमा ८ गोलको कीर्तिमानलाई उनले पछाडि छोडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।