काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण समापन भएको छ।
मंसिर ९ गतेदेखि सुरु भएको फेस्टिभलको शनिबार समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो।
मन्त्री शर्माले नाटक जस्तो महत्वपूर्ण क्षेत्रमा सरकारको ध्यान नगएको स्वीकार गरे। उनले आगामी दिनमा सहयोग गर्ने र नीति तथा कार्यक्रममा ल्याउने प्रतिवद्धता व्यक्त गरे।
मण्डला थिएटरकी निर्देशक सिर्जना सुब्बाले आगामी दिनमा पनि भव्य तरिकाले महोत्सवमा निरन्तरता दिने बताइन्। महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास पनि गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।