• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

आधार इलाकामै अस्तित्व जोगाउने सकसमा मसाल

मसालको हेडक्वार्टरमा सूर्यको उदय
64x64
नेपाल लाइभ आइतबार, मंसिर १८, २०७९  १५:५०
1140x725

प्यूठान– नेकपा मसाल र मोहनविक्रम सिंहलाई कतिपयले एकअर्काका पर्यायका रूपमा हेर्ने गरेका छन्। हुन पनि ३८ वर्षअघि सिंहकै नेतृत्वमा गठन भएको नेकपा मसालमा अहिले पनि महामन्त्री उनै छन्।

कम्युनिस्ट पार्टीका संस्थापक नेता सिंहको गृहजिल्लासमेत रहेको प्यूठानमा कुनै बेला मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको आधारक्षेत्र थियो। लामो समय आफ्नो दलको र २०१० सालमा प्यूठानमा कम्युनिष्ट पार्टीको नेतृत्व गरेका सिंहले आफ्नो गृह जिल्लालाई मसालको ‘गढ’ बनाएका थिए।

यही सांगठनिक आधारको जगमा ३० वर्ष रजगज गरेको जनमोर्चा प्यूठानमा पछिल्लो समय कमजोर बन्दै गएको छ। पार्टीभित्रको टुटफुटपछि नेतासँगसँगै मसालले प्यूठानमा कार्यकर्ताको आधार पनि गुमायो। सबैले पार्टी छाडेर गएपछि जिल्लामा पार्टीको साख जोगाउन सकस छ।

स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतको आधारमा प्यूठानमा अहिले यो पार्टी चौथो स्थानमा खुम्चिएको छ। अघिल्लो निर्वाचनमा यहाँबाट १८ हजार मत पाएको जनमोर्चाले हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ १० हजार मत पनि कटाउन सकेन।

परम्परागत रूपमा नै मसालको उल्लेख्य राजनीतिक प्रभाव रहेको प्यूठानमा पछिल्ला निर्वाचनहरूमा उक्त दलले भोग्दै गएको नराम्रो पराजयलाई कतिपयले त्यहाँ मसालको किल्ला भत्किएको र सिंहको राजनीतिक विरासत समाप्त भएको टिप्पणी गर्न थालेका छन्।

मसालले आफ्नो आधार इलाका मान्ने प्यूठानमा उसको संगठन कमजोर हुने स्थिति किन आयो?
प्यूठानका वामपन्थी नेता ईमानसिंह भारतीको दृष्टिमा पार्टीको नीतिमा समय सापेक्ष परिवर्तन ल्याउन नसक्दा कमजोर बन्दै गएको हो।  ‘०४८ को चुनाव बहिस्कार र ०४९ मा उपयोगको रणनीति मसालका लागि घातक सावित भयो,’ उनले भने, ‘त्यसबेला आमचुनाव बहिस्कार नगरेको भए मसालको हैसियत अहिलेका मूलधारको पार्टीको भन्दा कमजोर हुने थिएन।’

मसालले कहिले संसदीय निर्वाचन बहिष्कार गर्छ, कहिले परिस्थितिअनुसार भन्दै सहभागी हुन्छ। मूल पार्टी अर्धभूमिगत छ। तर, जनमोर्चाका नाममा नेताहरू चुनावमा सहभागी हुने कुरालाई विश्लेषकहरू विरोधाभास भन्छन्।

प्यूठानमा जनमोर्चाको पराजयका पछाडि यतिबेला अनेक विश्लेषण भइरहेका छन्। धेरैले पार्टी विभाजन र परिवारवाद ‘फ्याक्टर’लाई मुख्य कारण मानेका छन्। नेता भारती मसालले नयाँ नेतृत्व विकास गर्न नसक्दा पार्टिमा असन्तुष्टि पैदा भएको बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मोहनविक्रमपछि पार्टीको नेतृत्वमा को भन्ने नै छैन, अर्को पार्टीमा तेस्रो पुस्ता नेतृत्वमा आइसक्दा सिंहको पार्टीमा पहिलो पुस्ता नै हावी छ,’ उनले भने, ‘सिंहले अब पनि नयाँ किसिमले सोच्नुभएन भने पार्टीको अस्तित्व जोगाउनै गाह्रो देख्छु।’ 

२०४८ को निर्वाचन बहिष्कार गरेको मसालले ०५१ र ५६ मा एमालेसँगको तालमेलमा चुनाव जितेको थियो। त्यस्तै, ०४९ र ५४ का स्थानीय निकाय निर्वाचनमा समेत गाविसदेखि जिविसमा चुनावी तालमेल गरेर जनमोर्चाले नेतृत्व जित्दै आएको थियो।

२०६४ को चुनाव माओवादीले  जितेको  प्यूठानमा २०७० को संविधानसभा चुनावमा एमालेले विजयको झण्डा फहरायो। ०७४ मा समेत वामगठबन्धनको सहयोगमा महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेलले चुनाव जितिन्।

एमालेसँगको तालमेलमा जनमोर्चाका तर्फबाट ०५१ र ५६ मा निर्वाचित नवराज सुवेदी, स्थानीय निर्वाचन ०४९ मा जितेका जिविस सभापति कर्णध्वज केसी, उपसभापति रमेशप्रसाद राजभण्डारीले पनि पार्टी छोडे। पहिलो स्थानीय निर्वाचनमा २२ गाविसमा जनमोर्चा र १० गाविसमा एमालेले जितेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

५४ को स्थानीय निकायमा भने जनमोर्चा १९ गाविसमा  खस्कियो भयो भने एमालेले १७ गाविस जित्यो। पहिले जनमोर्चाको जनमत अधिक रहेका ढुंगेगढी, बांगेसाल, खैरा, रम्दी, दाखाक्वाडी, दाङवाङ, माझकोट, बिजुवार, बाँदीकोट, मरन्ठाना गाविसमा अहिले कमजोर भएको स्वयं नेताहरु स्वीकार्छन्। 

त्यतिमात्र होइन भर्खर सम्पन्न निर्वाचनमा जिल्लाका ६४ वडामध्ये आधाआधी वडामा त उस्ले एक सय मतसमेत कटाउन सकेन। नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने पहिलेको तुलनामा जनमत घटेको स्वीकार्छन्।  ‘जनमतको आधारमा मात्रै पार्टीलाई हेर्ने र सकियो भन्ने धारणा सही होइन,’ उनी भन्छन्, ‘क्रान्तिकारी आन्दोलनको जगेर्ना र परिवर्तनको लागि जनमोर्चाको विकल्प छैन।’

अहिलेको पार्टीको पुरानो आधार जोगाउन मसालका महामन्त्री सिंहले कहिले को–सँग कहिले को–सँग गठबन्धन गरेर यहाँ उम्मेदवार बनाइरहेका छन्। ०७४ सालमा नेकपा एमाले, माओवादीसँग गठबन्धन गरेर देशभरमा एक सिट जितेर पार्टीको बीउ जोगाएका उनी अहिले कांग्रेस, माओवादी, नेकपा एस, लोसपासँग गठबन्धन गरेर पुरानो क्षेत्रलाई जोगाउन प्रयासरत रहे तर  सफल हुन सकेनन्। नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य सूर्य थापाले यसपाली सिंहकी पत्नी दुर्गा पौडेललाई पराजित गरेर मसालको हेडक्वार्टरमै धक्का पुर्‍याएका छन्। 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:५०
  • #चुनाव_२०७९
  • #नेकपा_मसाल
  • #मोहनविक्रम_सिंह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्