• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पाँच वर्षमा स्वास्थ्यमन्त्री भएका ८ जना चुनावी मैदानमा, सबै पराजित

रिता लम्साल आइतबार, मंसिर १८, २०७९  ०८:५१
1140x725

काठमाडौं- २०७४ को निर्वाचनपछिको पाँच वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा १० जना आए। जसमध्ये अहिलेको निर्वाचनमा हालका मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसी बाहेक सबै जना उम्मेदवार बनेका थिए। 

निर्वाचनमा होमिएका ८ जना पूर्व मन्त्री र राज्यमन्त्री सबै पराजित भएका छन्। विवादका कारण स्याङ्जाको मतगणना ढिला भएको थियो। स्याङ्जा २ मा पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल चुनावी मैदानमा थिइन्। शनिबार साँझ स्याङ्जाको नतिजा आएको हो।

मतगणनाको अन्तिम परिणाम अनुसार अर्याललाई नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले पराजित गरेका हुन्। गुरुङले ३१ हजार ४६६ मत पाउँदा अर्यालले २५ हजार ८३९ मत पाइन्। 

पाँच वर्षको अवधिमा भएका मन्त्रीहरुमध्ये सबैभन्दा बढी विवादमा भानुभक्त ढकाल आएका थिए। कोरोना महामारीको समयमा घरमा पाहुना आएका छन् भन्दै पन्छिनेदेखि कोरोना सामग्री खरिदमा अनियमितता गरेको आरोप उनी माथि छ।

ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचनमा होमिएका थिए। उनलाई नोबल मेडिकल कलेजका सञ्चालक नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले पराजित गरेका हुन्। शर्मा ४५०९७ मत ल्याई विजयी भएका हुन्। उनले ढकाललाई २११०४ मतान्तरले पराजित गरेका हुन्। पराजित भानुभक्त ढकालले २३९९३ मत ल्याएका छन्। ढकाल २०७६ मंसिर ५ गते स्वास्थ्य मन्त्रालयमा आएका थिए। 

ढकाल स्वास्थ्यमन्त्री भएको दुई महिनापछि नेपालमा कोरोना भाइरसको संक्रमण देखापर्यो। नेपालमा कोरोना संक्रमित फेला नपर्दा ढकाललाई पूर्व तयारी गर्न सुझाव दिनेहरुलाई उनले चीनमा पानी पर्यो भन्दैमा नेपालमा छद्धाता ओढ्न आवश्यक नभएको भन्दै संसदमा नै गैरजिम्मेवार जवाफ दिएका थिए।

ढकालभन्दा अगाडि स्वास्थ्यमा उपेन्द्र यादव मन्त्री थिए। उपप्रधानसहितको जिम्मेवारी लिएर आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव पनि भारी मतान्तरले पराजित भएका छन्। यादव सप्तरी क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिएका थिए। उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पारजित गरेका हुन्।

पूर्व स्वास्थ्यमन्त्री यादवलाई १८ हजारको मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन्। विजयी भएका राउतले ३५ हजार ४२ मत ल्याए। उनका प्रतिस्पर्धी यादवले १६ हजार ९६३ मत ल्याएका छन्। दुवै बीच १८ हजार ६३ मतको अन्तर रह्यो।

Ncell 2
Ncell 2
nimb
nimb

२०७५ जेठ १८ गते यादव मन्त्रीका रुपमा स्वास्थ्य मन्त्रालयमा प्रवेश गरे। उपप्रधानमन्त्रीकै हैसियतमा मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले मन्त्रालयको काममा कुनै पनि चासो नदिएको आरोप लाग्यो। मन्त्रालयमा रहँदा उनले ‘डुलुवा’ मन्त्री र ‘असफल’मन्त्रीको उपनाम पाए। यादवले स्वास्थ्य मन्त्रालयमा २०७६ मंसिर ५ गतेसम्म नेतृत्व गरे। 

उनकै कार्यकालमा स्वास्थ्य राज्यमन्त्री रहेका डा सुरेन्द्र यादव पनि पराजित भएका छन्। पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई पाली कांग्रेसका महेन्द्रकुमार रायले ४ हजार १२४ मतले पराजित गरेका छन्। यादवले २१ हजार २९६ मत ल्याएका थिए। कांग्रेसका रायले २५ हजार ४२० मतका साथ निर्वाचित भएका हुन्।

अहिलेको निर्वाचनमा पराजित भएका अर्का पूर्व स्वास्थ्यमन्त्री हुन् हृदयेश त्रिपाठी पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा थिए। उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पराजित गरेका हुन्। चौधरीले पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गरेका हुन्। चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन्।

उनी २०७७ पुस १० गते स्वास्थ्यमन्त्री नियुक्त भएका हुन्। मन्त्री नियुक्त भएको केही समयपछि नेपालमा कोभिडविरुद्धको खोप आएपछि उनको केही दिन सकारात्मक चर्चा भएको थियो। तर त्यसपछि खोप खरिदका विषयमा एजेन्टहरुले खेलेको विषय बाहिर आएको थियो। उक्त कुरा मन्त्री त्रिपाठीले पनि स्वीकार गरेका थिए। तर उनले एजेन्टको नाम सार्वजनिक नगरेपछि उनको तीव्र आलोचना सुरु भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रीबाट बाहिरीने दिन पनि उनी विवादमा आएका थिए। नेपालमा दर्ता नै नभएको अवैध औषधि मन्त्रालयमा नै दाताबाट लिएपछि उनको ओलोचना भएको हो। भारतमा निकै विवादित रहेको आयुर्वेद संस्था पतञ्जलीले बनाएको १५ हजार कोरोनिल आयुर्वेदीक औषधि मन्त्री त्रिपाठीले लिएका थिए।

त्रिपाठीपछि ओलीले स्वास्थ्यमा शेरबहादुर तामाङलाई मन्त्री नियुक्त गरेका थिए। तामाङलाई ०७८ जेठ २१ गते मन्त्रीमा नियुक्त गरिएको थियो। उनको कार्यकाल पनि निकै छोटी रह्यो। उनी असार १० गतेसम्म मात्र मन्त्री भए। 

तामाङ पनि यसपटकको निर्वाचनमा पराजित भएका छन्। सिन्धुपाल्चोक- २ बाट कांग्रेसका मोहन बस्नेतले तामाङलाई पराजित गरेका हुन्। मोहन बस्नेतले ३९ हजार ३६७ मत ल्याएर जित हासिल गरे भने एमाले उम्मेदवार तामाङले २७ हजार ४९३ मत ल्याए।

त्यसपछि स्वास्थ्यमा राज्यमन्त्रीका रुपमा उमेश श्रेष्ठले जिम्मेवारी सम्हाले। तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि शेरबहादुर देउवा नेतृत्वामा सरकार बनेपछि श्रेष्ठ राज्यमन्त्री भएका हुन्। देउवाले २०७८ साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन्। स्वास्थ्य तथा शिक्षा व्यावसायीलाई स्वास्थ्यको नेतृत्व दिएको भन्दै प्रधानमन्त्री देउवा र श्रेष्ठको तीव्र आलोचना भयो। 

श्रेष्ठ यसपटकको निर्वाचनमा चितनव क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरले पराजित गरेका हुन्। लामीछाने श्रेष्ठ भन्दा ३४ हजार १७० मत बढी ल्याउँदै विजयी भएका हुन्। लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन्।

श्रेष्ठ मन्त्रालयमा असोज २२ गतेसम्म मात्र राज्यमन्त्रीका रुपमा रहे। त्यसपछि प्रधानमन्त्री देउवाले २०७८ असोज २२ गते एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्वास्थ्यमन्त्री र सोही पार्टीका भवानीप्रसाद खापुङलाई राज्यमन्त्रीको जिम्मेवारी दिए। 

खतिवडा पनि यो निर्वाचनमा पराजित भएका छन्। मकवानपुर- २ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका खतिवडालाई एमालेका महेशकुमार बर्तौलाले पराजित गरेका हुन्। बर्तौलाले ३४ हजार ९१६ मत ल्याएर जित हासिल गरे भने खतिवडाले ३० हजार ३९६ मत ल्याए।

खतिवडाले पनि मन्त्रालयमा राम्रो पर्फर्मेन्स देखाउन सकेनन्। कुनै योजना र तयारी बिना नै स्वास्थ्यको नेतृत्वमा आएको भन्दै उनले स्वास्थ्य मन्त्रालयको काममा चासो दिएनन्। स्वास्थ्यखबरसँगको कुराकानीमा उनले अपर्झट जिम्मेवारी आएकाले स्वास्थ्य मन्त्रालयमा आउनुभन्दा अघि यो–यो काम गर्छु वा यस्ता योजना बनाएर अगाडि बढ्छु भन्ने तयारी नै नगरेको बताएका थिए। 

खतिवडालाई फिर्ता बोलाउँदै नेकपा एकीकृत समाजवादीले राज्यमन्त्री खापुङलाई मन्त्रीमा र राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई २०७९ असार १२ गते सरकारमा पठायो। अहिले पनि मन्त्री खापुङ र राज्यमन्त्री केसी छन्। तर उनीहरु दुवैको कार्यशैली र बुझाईप्रति मन्त्रालयका कर्मचारी खुशी छैनन्। उनीहरु दुवैले स्वास्थ्यमा राम्रो काम गर्नेभन्दा पनि मन्त्री र राज्यमन्त्रीका रुपमा हाजिर गरेर दिन कटाउने काम गरिरहेको कर्मचारीको बुझाइ छ। उनीहरु भने यो चुनावमा उम्मेदवार बनेका थिएनन्।

२०७४ को निर्वाचनपछि सबैभन्दा पहिला पद्मा अर्याल स्वास्थ्य मन्त्रालयमा नेतृत्व गर्न आइपुगेकी थिइन्। तत्कालिन प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते पदमा अर्याललाई स्वास्थ्य राज्यमन्त्री जिम्मेवारी दिएका थिए। राज्यमन्त्री भए पनि उनलाई त्यतिबेला मन्त्रीसरहकै अधिकार दिइएको थियो। उनले स्वास्थ्यमा तीन महिना मात्र काम गर्न पाइन्। 

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएका सबै मन्त्री भने मन्त्रालयको काममा सफल हुन सकेनन्। उनीहरु सबै असफल मन्त्रीका रुपमा चिनिन्छन्। असफल मन्त्रीहरु पराजित भएको विषयमा स्वास्थ्यका कर्मचारीहरु भने खुसी छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्