• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

यी हुन् कतार विश्वकपकाे नकआउट चरणमा पुगेका १४ टोली 

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १६, २०७९  १३:१८
1140x725

काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा समूह चरणअन्तर्गत अन्तिम चरणका खेल आधा सकिँदा नकआउट चरणमा जाने १४ टोलीको टुंगो लागेको छ।

जसमा समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन्। नेदरल्याण्ड्स ७ अंकसहित सममूह विजेता बनेर अन्तिम १६ मा पुगेको हो। सेनेगल भने ६ अंकसहित समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।

यो समूहबाट आयोजक कतार र इक्वेडर बाहिरिएका छन्। कतार अन्तिम खेलअघि नै बाहिरिएको हो। कतारले सबै ३ खेल हारेको छ। इक्वेडर भने ४ अंक जोड्नका बाबजुद समूहमा तेस्रो हुँदै बाहिरिएको हो। 

यस्तै, समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिकाले नकआउट चरणको टिकट काटे। इंग्ल्याण्ड ७ अंकसहित समूह

विजेताको रुपमा अन्तिम १६ मा पुग्दा अमेरिका ५ अंकसहित उपविजेता बनेको हो। यो समूहबाट वेल्स र इरान बाहिरिएका छन्।

यसैगरी, समूह ‘सी’बाट अर्जेन्टिना र पोल्याण्ड प्रि–क्वार्टरफाइनलमा पुगेका छन्। अर्जेन्टिना ६ अंकसहित समूह विजेता बन्दा ४ अंक जोडेको पोल्याण्ड उपविजेता बनेको हो।

यो समूहबाट साउदी अरेबिया र मेक्सिको बाहिरिएका छन्। एसियाली राष्ट्र साउदी अरेबिया पहिलो खेलमा दाबेदार अर्जेन्टिनालाई पराजित गर्नका बाबजुद बाँकी २ खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको हो। यस्तै, मेक्सिको पोल्याण्डसँग समान ४ अंक हुनका बाबजुद गोल अन्तरका आधारमा पहलो चरणबाटै बाहिरिएको हो। 

यसैगरी, समूह ‘डी’बाट फ्रान्स र एसियाबाट छनोट भएर विश्वकप खेलेको अष्ट्रेलिया अन्तिम १६ मा पुगेका छन्। फ्रान्स ६ अंकसहित समूह विजेता बन्दा अष्ट्रेलिया ६ अंक बनाउनका बाबजुद गोल अन्तरमा पछि पर्दै उपविजेता बनेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो समूहबाट डेनमार्क र ट्युनिसिया बाहिरिएका छन्। साविक विजेता फ्रान्सलाई अन्तिम खेलमा पराजित गर्नका बाबजुद ट्युनिसिया बाहिरिएको हो।

समूह ‘ई’मा अप्रत्यासित रुपमा एसियाली राष्ट्र जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। जर्मनी र स्पेनजस्ता बलिया टोलीलाई हराएको जापानले ६ अंक जोड्दै अन्तिम १६ मा पुगेको हो। यो समूहमा अन्तिम खेल गएराति जापानसँग २–१ ले हार्नका बाबजुद स्पेन ४ अंकसहत उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ।

यो समूहमा समान ४ अंक जोड्नका बाबजुद चार पटकको विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ।

जर्मनी सन् २०१८ मा पनि समूह चरणबाटै बाहिरिएको थियो। यसैगरी, मात्र ३ अंक जोडेको कोस्टारिका पनि अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, समूह ‘एफ’मा पनि अप्रत्यासित नतिजा आएको छ। अफ्रिकन टोली मोरक्को ७ अंकसहित समूह वजेता बन्दै अन्तिम १६ मा पुगेको छ। यसैगरी, बेल्जियमलाई गोलरहित बराबरमिा रोक्दै साविक उपविजेता क्रोएसिया ५ अंकका साथ उपविजेता नै बनेको छ। 

यो समूहबाट दाबेदार मानिएको बेल्जियम मात्र ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएको छ। यस समूहका अंकविहीन रहेको क्यानडा यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो।   

अब ‘जी’ र ‘एच’का अन्तिम खेलहरू हुन बाँकी छन्। तर, समूह ‘जी’ र ‘एच’बाट एक खेलअगावै ब्राजिल र पोर्चुगल अन्तिम १६ मा पुगिसकेका छन्। 

सबै १६ टोलीको टुंगो शुक्रबार मध्यराति लाग्नेछ। हालसम्म १२ टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन्।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:१८
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्