• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ सरकारको प्रारुप स्पष्ट नहुँदै शक्ति राष्ट्रहरूको ‘चलखेल’

64x64
ईश्वर बराल बिहीबार, मंसिर १५, २०७९  ०६:३०
1140x725

काठमाडौं– नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आइनसक्दै शक्ति राष्ट्रहरूको चहलपहल सुरु भएको छ। यसले काठमाडौं उपत्यकामा अबको राजनीतिक भविष्यबारे अनेकन आकलन हुन थालेका छन्।

मुख्यत: अब बन्ने सरकार कसको नेतृत्वमा बन्ने निश्चित आकडा सार्वजनिक नहुँदै छिमेकी राष्ट्र र अमेरिकी प्रतिनिधिहरूको चहलपहल सुरु हुनुले शक्ति राष्ट्रहरूको चासोलाई अर्थपूर्ण रुपले हेरिएको छ।

यो चहलपहलको औचित्यको पृष्ठभूमिमा केही विषय चर्चा गर्न वाञ्छनीय हुन्छ। 

अर्थपूर्ण चिनियाँ चासो
शेरबहादुर देउवाको नेतृत्वमा बनेको पछिल्लो सरकारले त्यसअघिको केपी ओली नेतृत्वको सरकारले चिनियाँ सरकारसँग अघि बढाएका आयोजनाहरू भारतीय कम्पनीलाई दिलायो। यसले चीनसँग देउवा नेतृत्वको सरकारले दूरी बढाउन खोजेको र दक्षिण र पश्चिमा शक्तिलाई मात्र साथ लिएको भन्ने चीनले बुझेको कूटनीतिक वृत्तमा चर्चा चल्यो।

त्यससँगै संसद्‌बाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि शक्ति सन्तुलनमा अनुभूत हुने तहमा परिवर्तन आएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।

एमसीसी अनुमोदन गर्न इन्कार गरेका सत्ता सहयात्री दलहरू र तत्कालीन संसद्का सभामुख अग्निप्रसाद सापकोटाको अभिव्यक्तिका बाबजुद एमसीसी पारित भएपछि चीनले नेपालमा रही आएको परम्परागत सम्बन्धलाई विस्तार गर्दै सत्तारुढ  नेपाली कांग्रेससँग पार्टीगत सम्बन्ध विस्तार गर्‍यो। 

त्यसकै लागि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले गत असार अन्तिमको नेपाल भ्रमणका बेला सुन्दरीजल पुगरे वीपी संग्रहालयको अवलोकन गरे। त्यसो त चिनियाँ पक्षले नेपाल आउँदा बारम्बार वीपी कोइरालाको प्रसंग झिक्ने गर्नुलाई अर्थपूर्ण रुपले हेर्नुपर्ने बताउँछन् कूटनीतिज्ञ डा दिनेश भट्टराई। 

भारत र पश्चिमा शक्तिको ‘मुभमेन्ट’
तर, चीनका तर्फबाट पछिल्ला वर्षहरूमा भएको उच्चस्तरीय भ्रमण र चहलपहलका बाबजुद निर्वाचनलगत्तै भने प्रत्यक्षरुपमा भारत र पश्चिमा शक्तिको ‘मुभमेन्ट’ सुरु भइसकेको छ। निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक हुँदै गर्दा भारतीय राजदूत नविन श्रीवास्तवले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई  भेटेर आगामी सरकारबारे चासो राखिसकेका छन्। भारत वर्तमान गठबन्धन नै निरन्तर रहोस् भन्ने पक्षमा रहेको केही विश्लेषकहरूले दाबी गर्ने गरेका छन्।

nimb
nimb

तर, भारतीय विदेश मन्त्रालयका एक प्रवक्ताले नेपालको चुनावलाई नेपालको आन्तरिक मामिला भन्दै काठमाडौंमा जुनसुकै सरकार गठन भए पनि दिल्लीले सहकार्य गर्ने बताएका छन्।  

उता, निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौं उत्रिएका चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुनको भ्रमणको अर्थ खोज्दै गरेको काठमाडौंले माओवादी नेता वर्षमान पुनको चीन भ्रमणलाई चासोसाथ हेरिएको छ। पुनको निजी सचिवालयले उनी स्वास्थ्य उपचारका लागि चीन जान लागेको भने पनि चीनको रुचिबारे प्रस्ट पार्न उनी त्यता जान लागेको कूटनीतिक वृत्तमा चर्चा चलेको छ।

काठमाडौंमा चिनियाँ राजदूतको अनपस्थितिबीच चीनले पुनमार्फत् थप विकसित घटनाक्रमबारे जानकारी लिन चाहेको बताउँछन् एक कूटनीतिज्ञ। तत्कालीन राजदूत होउ याञ्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएपछि नवनियुक्त राजदूत काठमाडौं उत्रिएका छैनन्। 

त्यस्तै, अमेरिकी र युरोपेली राजदूतहरूले पनि शीर्ष नेतृत्वहरूसँग भेटेर तिब्बत र नेपालमा संक्रमणकालीन न्यायको बारेमा अब बन्ने सरकारले  के गर्छ भन्ने चासोको साथ भेटघाट बाक्लो बनाएको कूटनीतिज्ञहरू बताउँछन्। 

परराष्ट्र मामिलाका जानकार गोविन्द भट्टराई चीन, भारत र  अमेरिकाले यो निर्वाचन अघिबाटै उत्तिकै चासो राखेको बताउँछन्। ‘(नेपालको चुनावबारे) चीन, भारत, अमेरिका लगायतका  शक्ति राष्ट्रको चासो भनेको निर्वाचनले फेर्न सक्ने सत्ता समीकरण र उनीहरूले खोजेको आफ्नो स्पेस हो,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराईले भने, ‘अरुको तुलनामा भारत र चीन अहिले सँगसँगै जस्तो देखिएका छन्।’

भट्टराई अघिल्ला निर्वाचनजस्तो मुखररुपमा दौडधुप नदेखिएपनि निर्वाचनपछिको सत्ता समीकरण स्पष्ट नभएकोले यस्तो चहलपहल स्वाभाविक रहने बताउँछन्।

विदेशी कूटनीतिज्ञहरूको दौडधुप
परराष्ट्र मामिलाका ज्ञाता डा निश्चलनाथ पाण्डे पनि निर्वाचनको वरिपरि विदेशी कूटनीतिज्ञहरूको नेपालमा दौडधुप हुने गरेको बताउँछन्। ‘चुनावको बेलामा सबै राष्ट्रहरूको नेपलमा प्रतिस्पर्धा हुने गरेको छ। चुनावपछि एउटै दलको एकमना सरकार बन्ने सम्भावना छैन। त्यसैले देखिने गरि वा नदेखिने गरि विदेशीको दौडधुप बढेको हो,' पाण्डेले भने।

यस्तै, भूराजनीतिका जानकार चन्द्रदेव भट्ट शक्ति राष्ट्रहरूले परम्परागत शक्ति बाहेक नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग सम्पर्क बढाएको बताउँछन्।

‘नेपालका परम्परागत शक्तिहरूसँग शक्ति राष्ट्रहरू निरन्तर सम्पर्कमा  छन्। यो वर्ष नयाँ दलका रुपमा उदाएकासँग पनि उनीहरू संवादमा छन्। त्रिशंकु सरकार बन्ने अवस्था भएकोले सक्रियता स्वाभाविक देखिन्छ,’ भट्टले भने।

विज्ञहरू भन्छन्, सामान्यतया कुनै पनि मुलुकको घरेलु राजनीतिले त्यस राष्ट्रको विदेश नीतिलाई आकार दिने  गर्दछ। तर, स्वर्गीय लियो इ रोज जस्ता अमेरिकी राजनीतिशास्त्रीले चाहिँ विदेशी मुलुकहरूको नेपालमा हुने गरेको चलखेलले देशको आन्तरिक राजनीति प्रभावित हुँदै आएको झन्डै ५० वर्ष पहिले बताएका थिए। त्यो स्थिति अहिले पनि कायमै रहेको जानकारहरू बताउँछन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग शुक्रबार, भदौ १२, २०८३
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’ शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्