• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ सरकारको प्रारुप स्पष्ट नहुँदै शक्ति राष्ट्रहरूको ‘चलखेल’

64x64
ईश्वर बराल बिहीबार, मंसिर १५, २०७९  ०६:३०
1140x725

काठमाडौं– नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आइनसक्दै शक्ति राष्ट्रहरूको चहलपहल सुरु भएको छ। यसले काठमाडौं उपत्यकामा अबको राजनीतिक भविष्यबारे अनेकन आकलन हुन थालेका छन्।

मुख्यत: अब बन्ने सरकार कसको नेतृत्वमा बन्ने निश्चित आकडा सार्वजनिक नहुँदै छिमेकी राष्ट्र र अमेरिकी प्रतिनिधिहरूको चहलपहल सुरु हुनुले शक्ति राष्ट्रहरूको चासोलाई अर्थपूर्ण रुपले हेरिएको छ।

यो चहलपहलको औचित्यको पृष्ठभूमिमा केही विषय चर्चा गर्न वाञ्छनीय हुन्छ। 

अर्थपूर्ण चिनियाँ चासो
शेरबहादुर देउवाको नेतृत्वमा बनेको पछिल्लो सरकारले त्यसअघिको केपी ओली नेतृत्वको सरकारले चिनियाँ सरकारसँग अघि बढाएका आयोजनाहरू भारतीय कम्पनीलाई दिलायो। यसले चीनसँग देउवा नेतृत्वको सरकारले दूरी बढाउन खोजेको र दक्षिण र पश्चिमा शक्तिलाई मात्र साथ लिएको भन्ने चीनले बुझेको कूटनीतिक वृत्तमा चर्चा चल्यो।

त्यससँगै संसद्‌बाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि शक्ति सन्तुलनमा अनुभूत हुने तहमा परिवर्तन आएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।

एमसीसी अनुमोदन गर्न इन्कार गरेका सत्ता सहयात्री दलहरू र तत्कालीन संसद्का सभामुख अग्निप्रसाद सापकोटाको अभिव्यक्तिका बाबजुद एमसीसी पारित भएपछि चीनले नेपालमा रही आएको परम्परागत सम्बन्धलाई विस्तार गर्दै सत्तारुढ  नेपाली कांग्रेससँग पार्टीगत सम्बन्ध विस्तार गर्‍यो। 

त्यसकै लागि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले गत असार अन्तिमको नेपाल भ्रमणका बेला सुन्दरीजल पुगरे वीपी संग्रहालयको अवलोकन गरे। त्यसो त चिनियाँ पक्षले नेपाल आउँदा बारम्बार वीपी कोइरालाको प्रसंग झिक्ने गर्नुलाई अर्थपूर्ण रुपले हेर्नुपर्ने बताउँछन् कूटनीतिज्ञ डा दिनेश भट्टराई। 

भारत र पश्चिमा शक्तिको ‘मुभमेन्ट’
तर, चीनका तर्फबाट पछिल्ला वर्षहरूमा भएको उच्चस्तरीय भ्रमण र चहलपहलका बाबजुद निर्वाचनलगत्तै भने प्रत्यक्षरुपमा भारत र पश्चिमा शक्तिको ‘मुभमेन्ट’ सुरु भइसकेको छ। निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक हुँदै गर्दा भारतीय राजदूत नविन श्रीवास्तवले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई  भेटेर आगामी सरकारबारे चासो राखिसकेका छन्। भारत वर्तमान गठबन्धन नै निरन्तर रहोस् भन्ने पक्षमा रहेको केही विश्लेषकहरूले दाबी गर्ने गरेका छन्।

Ncell 2
Ncell 2

तर, भारतीय विदेश मन्त्रालयका एक प्रवक्ताले नेपालको चुनावलाई नेपालको आन्तरिक मामिला भन्दै काठमाडौंमा जुनसुकै सरकार गठन भए पनि दिल्लीले सहकार्य गर्ने बताएका छन्।  

उता, निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौं उत्रिएका चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुनको भ्रमणको अर्थ खोज्दै गरेको काठमाडौंले माओवादी नेता वर्षमान पुनको चीन भ्रमणलाई चासोसाथ हेरिएको छ। पुनको निजी सचिवालयले उनी स्वास्थ्य उपचारका लागि चीन जान लागेको भने पनि चीनको रुचिबारे प्रस्ट पार्न उनी त्यता जान लागेको कूटनीतिक वृत्तमा चर्चा चलेको छ।

काठमाडौंमा चिनियाँ राजदूतको अनपस्थितिबीच चीनले पुनमार्फत् थप विकसित घटनाक्रमबारे जानकारी लिन चाहेको बताउँछन् एक कूटनीतिज्ञ। तत्कालीन राजदूत होउ याञ्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएपछि नवनियुक्त राजदूत काठमाडौं उत्रिएका छैनन्। 

त्यस्तै, अमेरिकी र युरोपेली राजदूतहरूले पनि शीर्ष नेतृत्वहरूसँग भेटेर तिब्बत र नेपालमा संक्रमणकालीन न्यायको बारेमा अब बन्ने सरकारले  के गर्छ भन्ने चासोको साथ भेटघाट बाक्लो बनाएको कूटनीतिज्ञहरू बताउँछन्। 

परराष्ट्र मामिलाका जानकार गोविन्द भट्टराई चीन, भारत र  अमेरिकाले यो निर्वाचन अघिबाटै उत्तिकै चासो राखेको बताउँछन्। ‘(नेपालको चुनावबारे) चीन, भारत, अमेरिका लगायतका  शक्ति राष्ट्रको चासो भनेको निर्वाचनले फेर्न सक्ने सत्ता समीकरण र उनीहरूले खोजेको आफ्नो स्पेस हो,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराईले भने, ‘अरुको तुलनामा भारत र चीन अहिले सँगसँगै जस्तो देखिएका छन्।’

भट्टराई अघिल्ला निर्वाचनजस्तो मुखररुपमा दौडधुप नदेखिएपनि निर्वाचनपछिको सत्ता समीकरण स्पष्ट नभएकोले यस्तो चहलपहल स्वाभाविक रहने बताउँछन्।

विदेशी कूटनीतिज्ञहरूको दौडधुप
परराष्ट्र मामिलाका ज्ञाता डा निश्चलनाथ पाण्डे पनि निर्वाचनको वरिपरि विदेशी कूटनीतिज्ञहरूको नेपालमा दौडधुप हुने गरेको बताउँछन्। ‘चुनावको बेलामा सबै राष्ट्रहरूको नेपलमा प्रतिस्पर्धा हुने गरेको छ। चुनावपछि एउटै दलको एकमना सरकार बन्ने सम्भावना छैन। त्यसैले देखिने गरि वा नदेखिने गरि विदेशीको दौडधुप बढेको हो,' पाण्डेले भने।

यस्तै, भूराजनीतिका जानकार चन्द्रदेव भट्ट शक्ति राष्ट्रहरूले परम्परागत शक्ति बाहेक नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग सम्पर्क बढाएको बताउँछन्।

‘नेपालका परम्परागत शक्तिहरूसँग शक्ति राष्ट्रहरू निरन्तर सम्पर्कमा  छन्। यो वर्ष नयाँ दलका रुपमा उदाएकासँग पनि उनीहरू संवादमा छन्। त्रिशंकु सरकार बन्ने अवस्था भएकोले सक्रियता स्वाभाविक देखिन्छ,’ भट्टले भने।

विज्ञहरू भन्छन्, सामान्यतया कुनै पनि मुलुकको घरेलु राजनीतिले त्यस राष्ट्रको विदेश नीतिलाई आकार दिने  गर्दछ। तर, स्वर्गीय लियो इ रोज जस्ता अमेरिकी राजनीतिशास्त्रीले चाहिँ विदेशी मुलुकहरूको नेपालमा हुने गरेको चलखेलले देशको आन्तरिक राजनीति प्रभावित हुँदै आएको झन्डै ५० वर्ष पहिले बताएका थिए। त्यो स्थिति अहिले पनि कायमै रहेको जानकारहरू बताउँछन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍य... शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताए । शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शिक्षा मन्त्री भएर पैसाको अभाव हुँदा आफूले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको बताएका छन्।६ लाख जनतालाई कालो... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्