काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकस्थित सुकुटेबिच रिसोर्ट पुगेका छन्।
मंसिरमा ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तनाव मेटाउन उनी परिवारसहित सुकुटेबिच गएका हुन्। प्रचण्डसँग दुई छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र गंगा दाहाल छन्। उनीहरूले र्याफ्टिङ समेत गरेका छन्।

प्रचण्डलाई सिन्धुपोल्चोक–१ का नवनिर्वाचित सांसद माधव प्रसाद सापकोटा ‘सुबोध’, निर्वतमान सभामुख अग्नि प्रसाद सापकोटा, सिन्धुपाल्चोक–१ ‘१’ का नवनिर्वाचित प्रदेश सांसद सरल सहयात्री लगायतले स्वागत गरेका थिए।
व्यक्तिग तनाव मेटाउन र महत्त्वपूर्ण परियोजनाबारे सोच्न प्रचण्ड पटक पटक सुकुटे जाने गरेका छन्।
२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी यसपटक १७ सिटमा खुम्चिएको छ। समानुपातिकमा भने उल्लेखनीय रुपमा मत घटेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।