काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका प्रदेश र पहिचानमा आधारित राष्ट्रिय समितिहरुलाई चुनावी समीक्षा गर्न निर्देशन दिएका छन्।
निर्देशन जारी गर्दै अध्यक्ष यादवले १५ दिनभित्र समीक्षा गरेर त्यसको प्रतिवेदन केन्द्रीय समितिमा पठाउन भनेका छन्। यादवबले बुधबार एक सर्कुलर जारी गर्दै सबै प्रदेश समिति राष्ट्रिय समितिहरुलाई क्षेत्रीय, जिल्ला र प्रदेशस्तरीय बैठक राखेर समीक्षा गरी प्रतिवेदन पठाउन निर्देशन दिएका छन्।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा जसपाले प्रतिनिधि सभातर्फ ७ सिट जितेको छ भने प्रदेशतर्फ ९ सिट जितेको छ। अध्यक्ष यादव भने सप्तरी क्षेत्र नम्बर २ मा आफैं पराजित भएका छन्।
अध्यक्ष नै पराजित भएपछि सप्तरीका पार्टी नेता कार्यकर्ताको भूमिकामा प्रश्न उठिरहेको छ। यादवले समीक्षा बैठकमा सम्बन्धित क्षेत्रका उम्मेदवारसमेत राखेर प्रतिवेदन पठाउन निर्देशन दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।