गाजा– इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य संकट परेको बताइएको छ। प्राप्त समाचारमा गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसंख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ।
सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी गरेको बताइएको छ। यसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको पाइएको बताइएको छ।
गाजाको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी एक परिषदले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण यहाँको जनसङ्ख्या गरिबीतर्फ पनि धकेलिएको छ ।
सो परिषद्को प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक यही नाकाबन्दीका कारण नै गरिबीको रेखामा पुगेका बताइएको छ।
गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीहरूको बसोबास रहेको छ। यहाँका नागरिकलाई इजरायलले सन् २००७ देखि नै नाकाबन्दी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।