काठमाडौं– कतारमा जारी २२ औं विश्वकपमा जापानविरुद्ध कोस्टारिकाले अग्रता लिएको छ। दोस्रो हाफको ८० औं मिनेट कोस्टारिकाले गोल गर्दै १–०को अग्रता लिएको हो।
कोस्टारिकाका लागि केसियर फुलरेले गोल हान्दै अग्रता बनाएका हुन्। दोहास्थित अहमद बिन अली रंगशालामा भएको खेलमा यी दुई टोली पहिलो हाफसम्ममा गोलरहित बराबरीमा रोकिएका थिए।
दोस्रो हाफमा गोल गर्दै कोस्टारिकाले अग्रता बनाएको छ।
समूह ‘ई’ मा रहेका यी दुई टोली मध्ये कोस्टारिकाले पहिलो खेल स्पेनसँग ७–० ले हारेको थियो। जापानले भने ४ पटकको विश्वविजेता जर्मनीलाई हराएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।