• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ४, २०८३ Mon, Jul 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी ४ कारण, जसले गर्दा गृहमन्त्री खाणले पराजय भोग्नुपर्‍यो!

64x64
प्रतिक पौडेल शनिबार, मंसिर १०, २०७९  १६:५३
1140x725

रुपन्देही– गत मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना अन्तिम चरणमा पुग्दै गएको छ। यसैबीच, ठूला नाम भएका तथा शक्तिशाली पदमा रहेका नेताहरूसमेत पराजित भएका छन्। यसरी पराजित हुनेमा वहालवाला गृहमन्त्री बालकृष्ण खाण पनि पर्छन्। सत्ता गठबन्धनको साथ पाएर रुपन्देही– ३ मा नेपाली कांग्रेसका उम्मेदवार बनेका खाण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरासँग पराजित भएका छन्।

के छन् कारण?

गृहमन्त्री २०७८ असार ३० मा रुपन्देहीले आफ्नै क्षेत्रका खाणलाई गृहमन्त्रीको रुपमा पायो। तर, त्यही पदकै कारण उनले प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको स्थानीयहरू बताउँछन्।

‘गृहमन्त्री हुनुपूर्वका खाणका काम पनि आलोचित थिए। गृहमन्त्री भएपछि त उनले गरेका काम झनै विवादित बने। यसैले उनलाई हारसम्म पुर्याएको हो’, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय भन्छन्।

गृहमन्त्री हुनुपूर्व खाण रुपन्देहीमा एकदमै लोकप्रिय नेतामध्ये एक थिए। उनले रुपन्देहीमा कहिले पनि चुनावनै हारेका थिएनन्। तर भएपछि उनको कार्यकालमा भएका केही प्रमुख घटनाक्रमले उनलाई यसरी आलोचित बनायो कि उनले चुनाव नै हार्न पुगेको स्थानीयहरूको दाबी छ। गृहमन्त्री खाणले चुनाव हार्नुमा प्रमुख यी ४ कारण मानिएको छः  

१. मोतीपुर घटना 

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ तथा तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकाको नदी उकास क्षेत्रको ८१३ बिघामा औद्योगिक क्षेत्र बनाउने गरी जग्गाको भोगाधिकार र स्वामित्व औद्योगिक क्षेत्रको नाममा बनेको छ। त्यसमध्ये करिब २ सय बिघा जमिन आफूहरूले भोगाधिकार गर्दै आएको स्थानीय बताउँछन्। उनीहरूले आफूहरूलाई वैकल्पिक व्यबस्थापन गरेर मात्रै औद्योगिक क्षेत्रको काम अगाडि बढाउनु पर्ने बताउँदै आएका छन्।

तर रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सिलान्याससँगै त्यसमा विवाद सिर्जना भएको छ। ०७७ पुस ५ गते प्रतिनिधि सभा (संसद्) विघटन गरेका प्रधामन्त्री केपी शर्मा ओलीको सरकारले पूर्वतयारीविनै थुप्रै आयोजना हतारमा सिलान्यास गरेका थिए। त्यसमध्ये मोतीपुर औद्योगिक क्षेत्र पनि हो। गत फागुन २१ मा हतारमा सिलान्यास कार्यक्रम गर्न पुगेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्ट स्थानीयको विरोधका कारण कार्यक्रम नै छाडेर भाग्नु परेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि बिवादले उत्कर्ष लिएको थियो। आन्दोलन चर्किएको थियो। स्थानीयको मागलाई समयमै सम्बोधन नगरेका कारण समस्या झन्–झन् बढ्दै गयो। ०७८ असोज २४ गते आइतवारका दिन प्रहरी र स्थानीयको दोहोरो झडप भयो। प्रहरीले उक्त घटनामा गोली चलाएको थियो। झडपमा परेर ४ जनाको ज्यान समेत गयो।

सोही घटना अहिले गृहमन्त्री खाण रुपन्देही– ३ मा प्रतिनिधि सभामा हार्नुको प्रमुख कारण बनेको छ। र विपक्षीले पनि सोही घटनालाई प्रमुख रुपमा उठाएको त्यस क्षेत्रका स्थानीयहरूले बताउने गर्छन्।

२. तिलोत्तमा नगरसभास्थलमा भएको घटना

गत असार मसान्तमा तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेबीच विवादले बजेट पारित हुन सकेको थिएन। विवाद बढ्दै जाँदा प्रहरीले समेत हस्तक्षेप गर्नुका साथै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्विमिङ पुलमा धकेलिदिएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो। स्विमिङ पुलमा धकेलेको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो।

गृहमन्त्रीका भाइसमेत रहेका नगरप्रमुख रामकृष्ण खाणले प्रहरीको प्रयोग गरी विवादका बीच वडाध्यक्षलाई स्विमिङ पुलमा धकेल्ने घटनाले गृहमन्त्रीको ब्यापक आलोचना भएको थियो। यस घटनाको कारण पनि गृहमन्त्री खाणप्रति क्षेत्रमा अलोकप्रियता बढेको स्थानीयहरू बताउँछन्। 

३. जिल्ला आउँदा गृहमन्त्रीको रजगज 

देशको राजधानी काठमाडौंमा धेरै समय पहिलेदेखि एउटा बिषय ब्यापक रुपमा उठ्ने गरेको छ। त्यो हो भीआइपीको सवारी । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म राजधानीका सडकमा गुड्ने क्रममा सवारी साधन आवतजावत नै रोकिने प्रवृत्ति बढेके छ। यसप्रति पछिल्लो समय ब्यापक आलोचना हुने गर्छ। 

गृहमन्त्री खाणले पनि रुपन्देहीमा सोही प्रवृत्ति भित्र्याएको स्थानीयहरू बताउने गर्छन्। उनी गृहमन्त्री भएपछि जिल्लामा धेरै पटक आए। हरेक पटक आउँदा उनको सवारीको समयमा हुने रजगजले स्थानीयहरू आजित भइसकेका थिए। सोही विषय गृहमन्त्री खाणका पराजित हुन अर्को प्रमुख कारण बनेको स्थानीयहरूको दाबी छ। 

४. पार्टीको अधिवेशन 

गत मंसिरमा कांग्रेसको अधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र– ३ (क)मा मतगणना क्रममा विवाद हुँदा झडप भएको थियो। सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित पाँचजना घाइते भएका थिए।

प्रदेश सभा– कको मतगणना भइरहेको अवस्थामा भैरहवामा राति २ बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा सैलेश पन्त घाइते भएका थिए। उनको नाकको हड्डी फ्याक्चर भएको थियो। पछिल्लो पटक स्थानीय निर्वाचनमा सोही बिषयलाई प्रमुख कारण बनाउँदै पार्टीमा गुटबन्दी बन्यो। सोही गुटबन्दीले गर्दा पार्टीमा बस्न नसकिएको भन्दै रुपेन्देही–३ का पूर्वक्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका थिए।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको त्यो बेला यादवले आरोप लगाएका थिए।

घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार थिए। मतगणनामा त्यसरी आक्रमण गर्न गृहमन्त्रीकै मानिसहरू हात भएको कांग्रेसका स्थानीय नेताहरूकै आरोप थियो। ‘यसरी गृहमन्त्री खाणले आफ्नो ‘रजगज’ बाहिरमात्र नभएर पार्टीभित्रै गरेपछि यो चौथो प्रमुख कारण बन्यो उनि चुनाव हार्नुको’, एक स्थानीय नेता भन्छन्। 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १६:५३
  • #चुनाव_२०७९
  • #बालकृष्ण खाण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड सोमबार, साउन ४, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ? आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्