काठमाडौं– विश्वकपको ५०औं गोल अस्ट्रेलियाका मिचेल ड्युकले गरेका छन्। उनले ट्युनेसियाविरूद्ध शनिबार भएको पहिलो खेलमा २३ मिनेटमा गोल गरेका हुन्।
गुडविनले डिबक्समा निकालेको क्रस पासमा मिचेलले हेडिङ गोल गरेका हुन्। अस्ट्रेलियाका लागि यो उनको नवौं अन्तर्राष्ट्रिय गोल थियो।
समूह ‘डी’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले सुरुवाती अग्रता बनाएको छ। विश्वकपअन्तर्गत अहिले २१ औं खेल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।