• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
पहिलो प्रयासमै सुदूरपश्चिमकै एक्लो प्रत्यक्ष निर्वाचित महिला सांसद बनेकी रञ्जिता भन्छिन्– टीकापुर घटना आपराधिक नभएर राजनीतिक मुद्दा हो भन्ने स्थापित गर्नु छ
64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर ८, २०७९  १७:५४
1140x725

काठमाडौं– रञ्जिता श्रेष्ठले कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीबाट जित निकालिन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्। रञ्जिताले ३० हजार ४०४ मत प्राप्त गर्दा रामजनमले १८ हजार ८१ मत प्राप्त गरेकी छिन्। योसँगै उनी सुदूरपश्चिमको एक्ली महिला प्रत्यक्ष निर्वाचित सांसद बनेकी छिन्। उनले १२ हजार ३२३ को भारी मतान्तरमा जित निकाल्न सफल भएकी हुन्। 

नेकपा (एमाले)की निरुदेवी पालले कञ्चनपुर ३ र गौरी ओलीले डोटीबाट र नेकपा (माओवादी केन्द्र)की विना मगर कञ्चनपुर– १ बाट पराजित भएकी छिन्। यससँगै रञ्जिता एक्लो महिला बन्न सफल भएकी हुन्। मतगणना बाँकी रहेको पनि ठूला दलबाट महिला उम्मेदवार बनेका छैनन्। 

ससुरा–बुहारी नै सांसद

लालवीर चौधरी बर्दिया– २ बाट स्वतन्त्रबाट निर्वाचित भए। २६ हजार ५२० मत प्राप्त गरेर लालवीर विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेश पन्तले भने २६ हजार ३८४ मत प्राप्त गरेका थिए। 
रञ्जिता र लालवीर भने ससुरा–बुहारी हुन्। रेशम चौधरीका पिता हुन् लालवीर। टीकापुर घटनामा संलग्नताको अभियोग लागेर दोषी ठहर भएका रेशम जन्मकैदको सजाय भोगिरहेका छन्। एकै घरमा तीन जनाले उम्मेदवारी दिएका थिए। रेशमले बर्दिया– २ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार दिएका थिए। साथै, उनका पिता लालवीरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

रेशमको उम्मेदवारी खारेज हुने आशंकासहित एउटै परिवारका दुई जनाको उम्मेदवारी दर्ता गरिएको थियो। आशंका गरिएअनुसार नै निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गरिदिएको थियो। 

श्रीमान्को विरासत जोगाउन उम्मेदवार

थारू समुदायको बाहुल्यता रहेको यो क्षेत्र कैलाली– १ मा २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट रेशम निर्वाचित भए। उनी त्योबेला भने फरार सूचीमा थिए। यद्यपि, निर्वाचनको नतिजा भने पोल्टामा पारेका थिए। उनले त्यो बेला ३२ हजार ३४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाह गरिमाले भने १३ हजार ४०६ मत प्राप्त गरेकी थिइन्। रेशमले निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनकी साझा उम्मेदवार शाहभन्दा २० हजार ९३५ मतान्तरले हराउँदै विजयी भएका थिए।

रेशमको यही पदचाप डोहोर्याउँदै उनकी पत्नी रञ्जिताले नागरिक उन्मुक्ति पार्टी स्थापना गरिन्। हाल रञ्जिता पार्टी अध्यक्षसमेत रहेकी छिन्। श्रीमान् रेशमको विरासत जोगाउन प्रतिनिधि सभा उम्मेदवार बनेकी उनले अन्ततः जित निकाल्न सफल भइन्। 

उनी भन्छिन्, ‘रेशमजी जेलमा हुनुहुन्छ यो अभिभारा मेरो काँधमा आइपर्यो।’ उनले श्रीमान्को विरासत र थारुहटको आन्दोलनको एजेण्डा स्थापित गर्नका लागि पनि थप जिम्मेवारी बहन गरेकी हुन्। 

पहिलो पटक जनतामा गएर अनुमोदित हुन सजिलो थिएन। उनका प्रतिस्पर्धी भने एमाले टीकापुर नगरपालिका पूर्वमेयर तपेन्द्रबहादुर रावल र पूर्वमन्त्री कांग्रेसका रामजनम चौधरीसँग थिए। जसका कारण पनि ठूलो चुनौति थियो। निर्वाचन आयोगको विवरणअनुसार यो क्षेत्रमा ११ जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गर्नेछन्। 

स्थानीय तहको निर्वाचन र जनताको विश्वासका कारण आफू जित निकाल्नेमा ढुक्क थिइन्। सत्ता गठबन्धनसँगै एक्लै चुनौति मोल्न पनि उनलाई सहज भने थिएन। उनी भने अनुमोदित भइन्।

पहिलो अजेन्डाः  टीकापुर घटना आपराधिक नभएर राजनीतिक हो भन्ने स्थापित गराउनु

घरदैलो गर्दै जनतामाँझ जाँदा भने रञ्जिताले सकारात्क प्रतिक्रिया पाइन्। उनलाई झनै बल पुग्यो। रहरभन्दा पनि बाध्यताले उनलाई यो मार्गमा ल्याएको थियो। राजनीतिमा रञ्जिता अनुहार र अनुभवले नयाँ हुन्। जता जाँदा पनि जनताको उत्साह देखेर भने उनमा थप उर्जा आइराखेको थियो। जनताको अथाह माया र स्नेहका कारणले पनि आफूमा थप बल पुगेको बताएकी थिइन्। ‘पाँच वर्षसम्म यहाँका जनता जनप्रतिनिधिविहीन थिए। अब म रेशमजीको ठाउँमा अभिभावक बन्न आएकी हुँ’, उनले भनेकी थिइन्। 

आफ्नो चुनावी अजेन्डामात्र नभएर सिंगो पार्टीकै अजेन्डा टीकापुरको घटनालाई पहिलो प्राथमिकता दिनु रहेको रञ्जिता बताउन गर्थिन्। ‘यो आपराधिक नभएर राजनीतिक घटना हो भनेर म जनतालाई बुझाउँदै आएकी छु’, उनले भनेकी थिइन्। 

Resham-ranjita1665473246.jpg

साथै, आफ्नो दल उन्मुक्ति पार्टीको अर्को प्रमुख अजेन्डा सुशासन, समृद्ध र पहिचान रहेको रञ्जिताले बताएकी छिन्। यस क्षेत्रको विकासमा लागि मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, सडक, विपद् व्यवस्थापन, संस्कृति र पर्यटन प्रमुख रहने बताएकी थिइन्। 

‘दिगो विकासका लागि सबैका लागि पहल गर्नु नै हाम्रो पहिलो प्राथमिकता छ। ‘यसले आर्थिक वृद्धि, सामाजिक न्याय प्राप्त गर्न, वातावरणीय व्यवस्थापनको अभ्यास र सुशासनलाई सुदृढ गर्ने ढाँचा प्रदान गर्छ’, उनले भनेकी थिईन्। यसका अवाला कैलाली– १ को विकासका लागि शिक्षा स्वास्थ्य, खानेपानी, सडक, आर्थिक वृद्धि, रोजगारी नै पहिलो प्राथमिकता हुने उनको भनाइ छ। 

‘नरहुन् कोही बेरोजगार सबै बनुन् स्वरोजगार, शान्त, समुन्नत र समृद्ध देश बनाउने हाम्रो जिम्मेवार, भौगोलिक, साँस्कृतिक, पहिचान यही नै हो हाम्रो कार्यभार, नागरिक उन्मुक्ति पार्टी नै हो हाम्रो विश्वासको आधार’, उनी भन्छिन्, ‘पार्टीका यिनै नाराले भारी मतले जित निकाल्न सहज बनायो।’ 

सञ्चारकर्मदेखि राजनीतिकसम्मको यात्रा

टीकापुरको घटना हुनुभन्दा पहिला रञ्जिता सञ्चारकर्मी हुन्। टीकापुरमा फुलवारी एफएमको संस्करण भुरी गाउँ र वर्दियामा थियो। तीननवटा एफएम सञ्चालनमा थिए। थरुहट आन्दोलनमा होमिएका बेला रञ्जिता भने एफएममा व्यस्त थिइन्। उनलाई राजनीतिमा आइहाल्ने खास रुचि थिएन। रेशम राजनीतिमा होमिइसकेका थिए। उनी भने घर गृहस्थी र व्यवसायमा व्यस्त थिइन्। तर समय, परिस्थिति र आजको आवश्यकताले भने उनलाई राजनीतिहुँदै अब संसद्सम्म डोहोर्याएको छ। 

रञ्जिताको जन्म काठमाडौंको क्षेत्रपार्टीमा २०३९ फागुन ७ मा भएको थियो। उनी नेवार समुदायकी हुन्। रेशमसँग उनको पहिलो भेट २०५५ भदौ २९ मा बाल दिवसको दिन भएको हो। उनी त्यहाँ बाल दिवसको दिन रसियन कल्चरले आयोजना गरेको कार्यक्रममा उपस्थिति भएकी थिइन्। सोहीक्रममा पहिलो पटक उनीहरूको भेट भएको हो। कक्षा ९ मा पढ्ने बेला रेशम भने रेडियो नेपालमा गीत गाउने काम गर्र्थे। जुन स्कुलमा म्युजिक सिकाउँथे। उनी त्यहाँका बालबालिकालाई लिएर त्यो बाल दिवसको कार्यक्रममा उपस्थित भएका थिए। यसरी उनीहरूको भेट भयो। जो भेट दुई महिनापछि नै विवाहमा परिणत भयो।

रञ्जिताको माइती पक्ष भने कोही पनि राजनीतिमा छैनन्। श्रीमान् जेलमा भएपछि भने उनले नागरिक उन्मुक्ति पार्टी नै खोलेर अध्यक्षको जिम्मेवारी सम्हालिराखेकी छिन्। स्थानीय तहको निर्वाचन हुँदा उनको पार्टी दर्ता भएको ९९ दिन भएको थियो। तर, पनि पार्टीले भने कैलालीका ४ वटा पालिका जित्न सफल भयो।

अब संसद्बाटै टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने

टीकापुर समावेशी क्षेत्र हो। किनकि, यहाँ विभिन्न जातजातिका मानिस छन्। यो क्षेत्रको विकासका लागि सबै समुदायले सहयोग गरेको रञ्जिता बताउँछिन्। ‘हाम्रो पार्टीको मुलमन्त्र भनेको इन्द्रेणी राष्ट्रवाद हो’, उनले भनिन्, ‘जसरी समाज विभिन्न रंगीबिरंगी इन्द्रेणीमा छ। यो सद्भावना कायम छ। यहाँ कोही जातिको उठ्यो भन्दैमा मत नगर्ने भन्ने मानसिकता छैन।’ 

पार्टी अध्यक्ष भएका नाताले रञ्जिताको उम्मेदवारी स्वभाविक भएकमो विश्लेषण गरिएको छ। अर्को कुरा, रेशम कारागारमा भएको हुनाले पनि जनतासँग प्रत्यक्ष भावनात्मक सम्बन्धको पुलको काम रञ्जिताले गरेकी छिन्। 

संसद्मा गएपछि आफूले टीकापुर घटनालाई पहिलो प्राथमिकताका राख्ने रञ्जिताले बताएकी छिन्। किनकि, टीकापुर घटनाबारे आफ्ना पक्षका कुरा नसुनेको उनी बताउँछिन्। भूमिपुत्र थारू भएकै कारण रेशमलाई जेलमा राखिएको उनको आरोप छ।  

‘किनकि, टीकापुर घटनाबारे कुनै पनि प्रतिवेदन सार्वजनिक भएको छैन’, उनी भन्छिन्, ‘आयोगका प्रतिवेदनमा पनि यत्रो वर्षसम्म सार्वजनिक गरिएन। अब सार्वजनिक गराउने हाम्रो दलले धेय हुनेछ।’ 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:५४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने मंगलबार, असार १७, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा मंगलबार, असार १७, २०८२
नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ : सचेतक शाही मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा कर्मचारीलाई देखाएर सांसदहरू उम्कन मिल्दैन : सुमना श्रेष्ठ मंगलबार, असार १७, २०८२
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्