• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २०, २०८२ Tue, Jun 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
मधेस : क्युँ कि पैसा बोलता है!
64x64
मनोज साह बिहीबार, मंसिर ८, २०७९  १३:०६
1140x725

धनुषा जिल्ला निर्वाचन कार्यालयमा तीन हजार तिरेर एउटा क्षेत्रको मतदाता नामावलीको 'सफ्ट कपी' लिन गएको बेलाको दृश्य हो, यो। एकजना महिला आफ्नो नाम मतदाता नामावलीमा अद्यावधिक गर्नका लागि पुगेकी रहिछन्। नहुने कुरा थाहा पाए पश्चात निरीह ती नारी आफ्नो दुःखेसो पोख्न थालिन्। उनका अनुसार, उनको छरछिमेकमा पैसा बाँडिदै रहेछ। बेलुका ढोकामा माछामासुको झोला ढोकामा भेटिंदै रहेछ। आफूलाई कसैले नसोधेको र माग्न जाँदा पनि नदिएको उनको कुरा थियो। बुझ्दा थाहा पाइन्, मतदाता नामावलीमा उनको नाम रहेनछ। अनि, हस्याङफस्याङ गर्दै आयोगको कार्यालय धाएकी रहिछन्।

तत्कालको लागि मतदाता नामावलीमा नाम नथपिने जानकारीले उनको आशामाथि पूर्णविराम लगाइसकेको थियो। रसाएको उनको आँखामा निराशा प्रतिबिम्बित हुँदै थियो भने अनुहारमा एउटा विक्षिप्तता झल्किरहेको थियो। उनको बोली र अनुहार हेरेर कोही ट्वा परेर हेर्थे, कोही मुख छोपेर हाँस्थे। चुनावी राजनीतिको विकृत रूप र देशमा एउटा गरिबको अवस्था एक साथ प्रकट भइरहेको थियो त्यहाँ। सामान्य संवेदनशीलता भएका मानिसका लागि त्यो दृश्य अत्यासलाग्दो थियो।

होलीमा मासु खाएपश्चात अर्को होलीमा मासु खानेका लागि हरेक साँझ ४-५ पोका ढोकामा पुग्दै गर्दा आजलाई भयो, भोलि दिनुहोला भन्न पनि नसक्ने। अस्वीकार गरे मत नदिने सन्देश जाने भय पनि हुने नै भयो। राखे कति खानु। खान योग्य बनाइराख्नलाई चाहिने ठूलो फ्रिज पनि नभएको अवस्था! कम्ता सकस छैन, जनतालाई! 

एउटा उम्मेदवारलाई चुनाव जित्नका लागि विभिन्न आधारहरू मिलेको हुनुपर्छ। तीमध्ये चार वटा आधार; संगठन, व्यक्तित्व, मुद्दा र पैसा सबैभन्दा महत्त्वपूर्ण आधारहरू हुन्। संगठनको चरित्र नै घात-अन्तर्घात हुन्छ। पार्टीको प्रकृति अनुसार संगठनको मत फरक पर्छ। लोकतान्त्रिक पार्टीको संगठन खुकुलो र कम्युनिस्ट भनिनेहरुको अलिक बाँधिएको हुन्छ। मुद्दाको कुरा गर्ने हो भने यसपालि सहुलियतवाद सबैको समान मुद्दा हो। व्यक्तित्व ती निज उम्मेदवारको आफ्नो हुन्छ। भविष्यको कुनै आशा र अपेक्षा नभएपछि तत्क्षण लाभको हिसाब निर्णायक हुनजान्छ। मुद्दा नभए पछि कुनै ठाउँमा पैसा, कुनै ठाउँमा प्रियतावाद (पपुलिज्म) हाबी हुने नै भयो।

पहिले कुरा गरौँ संगठनको। एक, टिकट वितरणमा चलखेल। पैसा खाएर टुरिष्ट नेतालाई टिकेट दिने। भूइँ सतहमा जनतासँग घुलेर बसेका र मेहनत गरेर पार्टीमा लागेकाको मूल्यांकन नभएको अवस्थामा उसमा उत्साह बाँकी रहँदैन। दुई, नेता केन्द्रमा बस्ने र कार्यकर्तामार्फत क्षेत्र चलाउने गुनासो पनि अत्यधिक रहेको छ। नेतासँग जनताको प्रत्यक्ष संवादको कुनै माध्यम नहुने। कार्यकर्ता आफ्नो स्वार्थ र स्थानीय शक्ति समीकरणका आधारमा कार्य गर्ने प्रवृत्ति देखियो। जनताको रिसको एउटा प्रमुख कारण यो पनि देखियो। तीन, विभिन्न कारणवश पटक-पटक हारेर पनि जनताबीच रही काम गर्ने नेता, जसको टिकट गठबन्धनको समीकरणका कारण काटियो, उसले विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरुले जनताको सहानुभूति पाएका छन्। यिनीमाथि पार्टीले अन्याय गर्यो, एक चोटिको लागि पार लगाइदिऔँ भन्दै मनग्गे मत हालेका छन्।

व्यक्तित्व- जमिनसँग जोडिएका, जनताको सहज पहुँच भएका, सक्ने जति विकास निर्माणका कार्य गरेका र बोली व्यवहारले जनताले आदर महसुस गर्ने नेता गठबन्धनमार्फत् थोपरिएका नेताभन्दा सुरक्षित देखिएका छन्। तर, यति सुरक्षित कि विपक्षीले पैसाको ओछ्यान बिछ्याए हराउन सक्ने देखिएका छन्। अन्तिम अवस्थामा व्यक्तित्वले आर्जन गर्ने पपुलर मतलाई पैसाको मतले पराजित गर्न सक्दो रहेछ। मधेस केन्द्रित दलहरु विरुद्धको माहोल रहेका बेला ती दलहरुका तुलनात्मक रुपमा राम्रा छवि भएका उम्मेदवारलाई पनि व्यक्तित्वका आधारमा पाइने मत बचाउनको लागि पैसाको टेको नभई हुँदैन। व्यक्तित्वका आधारमा नयाँ अनुहार र मनग्गे पैसा खर्च गरेकाहरुको सम्भावना पुरानोभन्दा निकै बढी रहेको छ ।

मुद्दाविहीन चुनाव 

मुद्दा- मुद्दा नहुनु यो चुनावको खास विशेषता हो। उता माथितिर केपी शर्मा ओलीले देखाएको रेल र पानी जहाजको सपनाले लठ्ठ जनताले यसको भेउ पाए पश्चात तत्काल सपना हेर्ने आँट गरेका छैनन्। रुखसँग हँसिया, हथौडा र सूर्यसँग हलो लागे। मधेसवादीबाट मधेस केन्द्रित भएका दलद्वयको हविगत कस्तो भने, एउटा, पन्चर साइकल रुखको टेको बिना उभिन नसक्ने। अर्को, छाता ओढेर सूर्यको प्रकाशमुनि ओत लाग्नुपर्ने। घन्टी बजाउने र लौरो ठटाउने व्यवस्था विरोधी। जुन व्यवस्थाको महत्त्वपूर्ण उपलब्धि समानुपातिक निर्वाचन प्रणालीमार्फत आफ्नो दरिलो उपस्थिति देखाउन गइराखेका छन्। विचारको विरोधाभास होस् त यस्तो।

पैसा- 'जो सुकै नेता जितेर गए पनि जनताको लागि केही गर्दैनन्। सबै आ-आफ्नो गोजी भर्नमा लाग्छन्। सबै उस्तै छन्। त्यसैले जसले पैसा दिन्छ, उसैलाई मत दिने हो। खास गरेर दलित वर्गका मतदाताको गुनासो रहेको छ। दलित समुदायमा भोज भतेर र पैसा खर्च गरे मत तान्न सकिने।' माथिका यी पाँच वाक्य जस्ताको त्यस्तै राखिएको हो। दलित उत्थानको जिम्मा हरेक राजनीतिक दलको भाषण र संकल्पमा हुन्छ। तर, वास्तविकता चाहिँ अर्कै रहेछ। त्यसमा पनि पैसा लिने अलिक हुने खाने, तर भोज भतेर सबैभन्दा तल्लो वर्गका लागि। यति सजिलै मत आउने भएपछि दलितको अवस्था दयनीय रहनु नै 'फाइदाजनक' हुने रहेछ।

सपना देखाउन नसक्ने चुनावमा मतदातामा उत्साहको कमी हुनु स्वाभाविक हुन जान्छ। 'कांग्रेसले गठबन्धनको लागि छाडेका क्षेत्रहरुमा यसपालिको चुनाव कस्तो खल्लो खल्लो। चुनाव भइरहेको नै बुझिएको छैन।' प्रतिनिधि सभा र प्रदेशको चुनाव सँगसँगै गरेर खिचडी बनाउनु अर्को दुर्नियत हो। पचास कटेका करिब पचास प्रतिशत जनता माझ चारचार वटा मतपत्रमा कसरी मतदान गर्ने भन्ने ठूलो उल्झन देखियो। यस बारे विस्तृत चर्चा अर्को आलेखमा गरौँला।

मर्निङ वाकमा एक जना अवकाश प्राप्त उच्च तहका सरकारी कर्मचारी, एक जना वकिल र एक जना प्राध्यापक छलफल गर्दै गरेका भेटिए। जीवनको उत्तरार्धमा रहेका आफ्ना सन्ततिको भविष्यप्रति चिन्तित उनीहरु हालको बढ्दै गरेको राजनीतिक घटनाक्रमलाई लिएर साह्रै चिन्तित सुनिए। मत खसाल्न नजाने निष्कर्षमा रहेका उनीहरुको छलफलले चुपचाप मतदान बहिष्कार गर्नेहरुको पंक्ति कस्तो छ भन्ने  पुष्टि हुन्छ।

जनतामाझ आफ्नो कार्यक्रम लिएर जाने र चुनिएर आए पश्चात जनताको आकांक्षा र जनमानसबीच गरिएको वाचा पूरा गर्नलाई राजनीतिक दल र नेताहरु सत्तामा जाने गर्छन्। आफूले जिताएर पठाएको जनप्रतिनिधि आफूमाझ आइदियोस्, हाम्रो कुरा सुनिदियोस् भन्ने जनताको अपेक्षा हो। अब विचार गरौँ। कुरा सुन्न नसक्नेले अरु के-के न गर्छु भनेको के अर्थ रहला र? नेता जितेपछि फर्केर नआउने गुनासो लगभग सबै तर्फबाट आएको छ। यो राजनीतिक संस्कार, राजनीतिक परिपाटीसँग जोडिएर आउने विषय हो। प्रतिनिधि बनेर प्रतिनिधित्व गर्छु, सेवा गर्छु भनेर जनतासँग गुहार गरेर जनप्रतिनिधि भएपश्चात, त्यही जनता माझ जानुपर्ने दायित्वबोध नहुनुको के कारण हो? नेता भएपछि जनता माझ रहनुपर्ने सामान्य बुझाइ नहुनुभन्दा बढी चिन्ताजनक विषय के हुनसक्छ?

क्रान्ति, प्रतिक्रान्ति र त्यसपछि पपुलिज्मको चक्रमा हामी अहिले तेस्रो चरणबाट गुज्रिँदैछौँ। ठूला भनिएका कुनै पनि नेता आफूलाई सुरक्षित महसूस गरिरहेको अवस्था छैन। यो चुनावमा जो नेताले जिते वा जसले हारे, त्यसमा आश्चर्य मान्नुपर्ने छैन। प्रतिक्रान्तिको नेतृत्व गरेका ओली अहिलेको प्रियतावादका लागि जिम्मेवार हुन्। रेल जहाजको ठूलो कुरा। भारत विरोधी नारामा चुनाव जितेर मध्यरातमा जासुससँग भेट्ने। संसद विघटन गर्ने। अनि विकल्प को? देउवा! राजाको खुट्टामा प्रजातन्त्र सुम्पेका उनी महाधिवेशनबाट जितेर दुई चोटि सभापति चुनिन्छन्। पाँचौँ पटक प्रधानमन्त्री भइसकेका छन्। सातौँ चोटि भएर ज्योतिषशास्त्रको गरिमा र ज्योतिषीको मान बढाउन लागेका छन्। माओवादी आन्दोलनको साटो जीवनभर प्रचण्डको व्यवस्थापन गर्नुपर्ने दायित्वबाट विमुख हुने छुट पनि छैन।

मधेश आन्दोलनको हार र आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारलाई उपेन्द्रजीले दिएको 'जस्ट पास मार्क' पश्चात मधेसकेन्द्रित नेताले उही सदाबहार जातीय राजनीतिको ध्रुवीकरण गर्न खोजे। जब कि कालान्तरमा जातीय ध्रुवीकरणले मधेसको मुद्दालाई हानी पुर्याउने स्पष्ट छ। उपेन्द्रजीको यादव कार्ड किन सफल नभएको होला भनी बुझ्न यादव जातिका विभिन्न पचास जना बढी गाउँका अगुवाहरुसँग कुरा गर्दा वास्तविकता बुझियो। आन, मान र शानका लागि घाँटी कटाउन तयार हुने तर झुक्न नमान्ने एउटा अवयव रहेको पाइन्छ,  यादव जातिमा। 'अहिर' हो नि! जाबो केही सिटका लागि मधेसीको अपमान गर्ने ओलीसँग मिल्न जाने उपेन्द्रको निर्णयले अन्तिम समयमा झनै 'ब्याक फायर' गरेको छ। 'पाँच वटा सीट कमै आउँथ्यो, त्यो हामीलाई मन्जुर छ। तर, अपमानको विष स्वीकार्दैनौँ। जसपाको कार्यकर्ता तहबाट चुनावअघि ओलीसँग मिलेर पार्टी नै ध्वस्त पार्न लागेका हुन् भनी आएको चेतावनी यथार्थको रुपमा आएको छ।' दश दिने उप-प्रधानमन्त्री कालले महतोजीलाई कहिलेसम्म लखेट्ने हो, थाहा छैन। ठाकुरजी प्रारब्धको अन्तिम चरणमा छन्। 

बैठानको यो बेला ट्रान्जिट चरण हो, नेपालको राजनितिमा। पुरानो बिदा हुने र नयाँ आएका परीक्षणमा उत्तीर्ण भएर आउने अर्को चुनावमा हो।  प्रियतावादीको प्रियताको अडिट अबको पाँच वर्षमा पूर्ण हुनेछ। फिल्टर भएका बाँच्छन्। कम्बल ओढेर घिउ खानेहरू बिलाएर जान्छन्।

मधेसमा बेलुका बालेको घुरको आगो भोलिपल्ट बिहानीसम्म रहन्छ। अनि मात्र घुर कहलिन्छ। भुसको घुरले अर्को बिहानी देख्छन्। परालको आगो ह्वात्तै बलेर बिलाउँछन्। यो राम्रो प्रगति नै हो।

माथि बज्दै गरेको घण्टी तल हर्नको आवाजले सुनिएको छैन। भोटको ट्रेण्ड माथिको भन्दा तल मधेसको भूइँ सतहमा फरक रहेको पाइन्छ। यसपाली हर्न बाहेकका बाँकी दलका लागि यहाँ चुनाव जित्न पैसाको भर सबैभन्दा भरपर्दो भएको छ।

यस्तोमा मधेसले सीके राउत र थारुले रेशमका लागि बाटो खुला गरेका छन्। माथिका जनता भने राष्ट्रवादको राजनीतिमा ग्रहण लागे पश्चात् विचारविहीन घन्टी बचाउन अभिशप्त छन्। बाँकी भइपरी आउने हेर्नका लागि त पशुपतिनाथ छँदै छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मनोज साह
लेखकबाट थप
सम्बन्धित सामग्री
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
ताजा समाचारसबै
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता लिने तयारी मंगलबार, जेठ २०, २०८२
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट मंगलबार, जेठ २०, २०८२
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ २०, २०८२
रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्दै मंगलबार, जेठ २०, २०८२
वीरगञ्ज नाकाबाट १० महिनामा पाँच खर्ब छ अर्बकाे सामाना आयात हुँदा ७९ अर्ब मात्रै निर्यात मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
करण केसीको आक्रामक ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित मंगलबार, जेठ २०, २०८२
सरकार र यातायात व्यवसायीबीच ११ सदस्यीय वार्ता कमिटी गठन गर्ने सहमति सोमबार, जेठ १९, २०८२
यातायात व्यवसायी आन्दोलित, देशभरका सार्वजनिक सवारी अनिश्चितकालीन बन्द सोमबार, जेठ १९, २०८२
रुसविरुद्ध युक्रेनले गर्‍यो अहिलेसम्मकै लामो दुरीको ड्रोन आक्रमण सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्