• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मधेस : क्युँ कि पैसा बोलता है!

64x64
मनोज साह बिहीबार, मंसिर ८, २०७९  १३:०६
1140x725

धनुषा जिल्ला निर्वाचन कार्यालयमा तीन हजार तिरेर एउटा क्षेत्रको मतदाता नामावलीको 'सफ्ट कपी' लिन गएको बेलाको दृश्य हो, यो। एकजना महिला आफ्नो नाम मतदाता नामावलीमा अद्यावधिक गर्नका लागि पुगेकी रहिछन्। नहुने कुरा थाहा पाए पश्चात निरीह ती नारी आफ्नो दुःखेसो पोख्न थालिन्। उनका अनुसार, उनको छरछिमेकमा पैसा बाँडिदै रहेछ। बेलुका ढोकामा माछामासुको झोला ढोकामा भेटिंदै रहेछ। आफूलाई कसैले नसोधेको र माग्न जाँदा पनि नदिएको उनको कुरा थियो। बुझ्दा थाहा पाइन्, मतदाता नामावलीमा उनको नाम रहेनछ। अनि, हस्याङफस्याङ गर्दै आयोगको कार्यालय धाएकी रहिछन्।

तत्कालको लागि मतदाता नामावलीमा नाम नथपिने जानकारीले उनको आशामाथि पूर्णविराम लगाइसकेको थियो। रसाएको उनको आँखामा निराशा प्रतिबिम्बित हुँदै थियो भने अनुहारमा एउटा विक्षिप्तता झल्किरहेको थियो। उनको बोली र अनुहार हेरेर कोही ट्वा परेर हेर्थे, कोही मुख छोपेर हाँस्थे। चुनावी राजनीतिको विकृत रूप र देशमा एउटा गरिबको अवस्था एक साथ प्रकट भइरहेको थियो त्यहाँ। सामान्य संवेदनशीलता भएका मानिसका लागि त्यो दृश्य अत्यासलाग्दो थियो।

होलीमा मासु खाएपश्चात अर्को होलीमा मासु खानेका लागि हरेक साँझ ४-५ पोका ढोकामा पुग्दै गर्दा आजलाई भयो, भोलि दिनुहोला भन्न पनि नसक्ने। अस्वीकार गरे मत नदिने सन्देश जाने भय पनि हुने नै भयो। राखे कति खानु। खान योग्य बनाइराख्नलाई चाहिने ठूलो फ्रिज पनि नभएको अवस्था! कम्ता सकस छैन, जनतालाई! 

एउटा उम्मेदवारलाई चुनाव जित्नका लागि विभिन्न आधारहरू मिलेको हुनुपर्छ। तीमध्ये चार वटा आधार; संगठन, व्यक्तित्व, मुद्दा र पैसा सबैभन्दा महत्त्वपूर्ण आधारहरू हुन्। संगठनको चरित्र नै घात-अन्तर्घात हुन्छ। पार्टीको प्रकृति अनुसार संगठनको मत फरक पर्छ। लोकतान्त्रिक पार्टीको संगठन खुकुलो र कम्युनिस्ट भनिनेहरुको अलिक बाँधिएको हुन्छ। मुद्दाको कुरा गर्ने हो भने यसपालि सहुलियतवाद सबैको समान मुद्दा हो। व्यक्तित्व ती निज उम्मेदवारको आफ्नो हुन्छ। भविष्यको कुनै आशा र अपेक्षा नभएपछि तत्क्षण लाभको हिसाब निर्णायक हुनजान्छ। मुद्दा नभए पछि कुनै ठाउँमा पैसा, कुनै ठाउँमा प्रियतावाद (पपुलिज्म) हाबी हुने नै भयो।

पहिले कुरा गरौँ संगठनको। एक, टिकट वितरणमा चलखेल। पैसा खाएर टुरिष्ट नेतालाई टिकेट दिने। भूइँ सतहमा जनतासँग घुलेर बसेका र मेहनत गरेर पार्टीमा लागेकाको मूल्यांकन नभएको अवस्थामा उसमा उत्साह बाँकी रहँदैन। दुई, नेता केन्द्रमा बस्ने र कार्यकर्तामार्फत क्षेत्र चलाउने गुनासो पनि अत्यधिक रहेको छ। नेतासँग जनताको प्रत्यक्ष संवादको कुनै माध्यम नहुने। कार्यकर्ता आफ्नो स्वार्थ र स्थानीय शक्ति समीकरणका आधारमा कार्य गर्ने प्रवृत्ति देखियो। जनताको रिसको एउटा प्रमुख कारण यो पनि देखियो। तीन, विभिन्न कारणवश पटक-पटक हारेर पनि जनताबीच रही काम गर्ने नेता, जसको टिकट गठबन्धनको समीकरणका कारण काटियो, उसले विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरुले जनताको सहानुभूति पाएका छन्। यिनीमाथि पार्टीले अन्याय गर्यो, एक चोटिको लागि पार लगाइदिऔँ भन्दै मनग्गे मत हालेका छन्।

व्यक्तित्व- जमिनसँग जोडिएका, जनताको सहज पहुँच भएका, सक्ने जति विकास निर्माणका कार्य गरेका र बोली व्यवहारले जनताले आदर महसुस गर्ने नेता गठबन्धनमार्फत् थोपरिएका नेताभन्दा सुरक्षित देखिएका छन्। तर, यति सुरक्षित कि विपक्षीले पैसाको ओछ्यान बिछ्याए हराउन सक्ने देखिएका छन्। अन्तिम अवस्थामा व्यक्तित्वले आर्जन गर्ने पपुलर मतलाई पैसाको मतले पराजित गर्न सक्दो रहेछ। मधेस केन्द्रित दलहरु विरुद्धको माहोल रहेका बेला ती दलहरुका तुलनात्मक रुपमा राम्रा छवि भएका उम्मेदवारलाई पनि व्यक्तित्वका आधारमा पाइने मत बचाउनको लागि पैसाको टेको नभई हुँदैन। व्यक्तित्वका आधारमा नयाँ अनुहार र मनग्गे पैसा खर्च गरेकाहरुको सम्भावना पुरानोभन्दा निकै बढी रहेको छ ।

मुद्दाविहीन चुनाव 

मुद्दा- मुद्दा नहुनु यो चुनावको खास विशेषता हो। उता माथितिर केपी शर्मा ओलीले देखाएको रेल र पानी जहाजको सपनाले लठ्ठ जनताले यसको भेउ पाए पश्चात तत्काल सपना हेर्ने आँट गरेका छैनन्। रुखसँग हँसिया, हथौडा र सूर्यसँग हलो लागे। मधेसवादीबाट मधेस केन्द्रित भएका दलद्वयको हविगत कस्तो भने, एउटा, पन्चर साइकल रुखको टेको बिना उभिन नसक्ने। अर्को, छाता ओढेर सूर्यको प्रकाशमुनि ओत लाग्नुपर्ने। घन्टी बजाउने र लौरो ठटाउने व्यवस्था विरोधी। जुन व्यवस्थाको महत्त्वपूर्ण उपलब्धि समानुपातिक निर्वाचन प्रणालीमार्फत आफ्नो दरिलो उपस्थिति देखाउन गइराखेका छन्। विचारको विरोधाभास होस् त यस्तो।

nimb
nimb
Ncell 2
Ncell 2

पैसा- 'जो सुकै नेता जितेर गए पनि जनताको लागि केही गर्दैनन्। सबै आ-आफ्नो गोजी भर्नमा लाग्छन्। सबै उस्तै छन्। त्यसैले जसले पैसा दिन्छ, उसैलाई मत दिने हो। खास गरेर दलित वर्गका मतदाताको गुनासो रहेको छ। दलित समुदायमा भोज भतेर र पैसा खर्च गरे मत तान्न सकिने।' माथिका यी पाँच वाक्य जस्ताको त्यस्तै राखिएको हो। दलित उत्थानको जिम्मा हरेक राजनीतिक दलको भाषण र संकल्पमा हुन्छ। तर, वास्तविकता चाहिँ अर्कै रहेछ। त्यसमा पनि पैसा लिने अलिक हुने खाने, तर भोज भतेर सबैभन्दा तल्लो वर्गका लागि। यति सजिलै मत आउने भएपछि दलितको अवस्था दयनीय रहनु नै 'फाइदाजनक' हुने रहेछ।

सपना देखाउन नसक्ने चुनावमा मतदातामा उत्साहको कमी हुनु स्वाभाविक हुन जान्छ। 'कांग्रेसले गठबन्धनको लागि छाडेका क्षेत्रहरुमा यसपालिको चुनाव कस्तो खल्लो खल्लो। चुनाव भइरहेको नै बुझिएको छैन।' प्रतिनिधि सभा र प्रदेशको चुनाव सँगसँगै गरेर खिचडी बनाउनु अर्को दुर्नियत हो। पचास कटेका करिब पचास प्रतिशत जनता माझ चारचार वटा मतपत्रमा कसरी मतदान गर्ने भन्ने ठूलो उल्झन देखियो। यस बारे विस्तृत चर्चा अर्को आलेखमा गरौँला।

मर्निङ वाकमा एक जना अवकाश प्राप्त उच्च तहका सरकारी कर्मचारी, एक जना वकिल र एक जना प्राध्यापक छलफल गर्दै गरेका भेटिए। जीवनको उत्तरार्धमा रहेका आफ्ना सन्ततिको भविष्यप्रति चिन्तित उनीहरु हालको बढ्दै गरेको राजनीतिक घटनाक्रमलाई लिएर साह्रै चिन्तित सुनिए। मत खसाल्न नजाने निष्कर्षमा रहेका उनीहरुको छलफलले चुपचाप मतदान बहिष्कार गर्नेहरुको पंक्ति कस्तो छ भन्ने  पुष्टि हुन्छ।

जनतामाझ आफ्नो कार्यक्रम लिएर जाने र चुनिएर आए पश्चात जनताको आकांक्षा र जनमानसबीच गरिएको वाचा पूरा गर्नलाई राजनीतिक दल र नेताहरु सत्तामा जाने गर्छन्। आफूले जिताएर पठाएको जनप्रतिनिधि आफूमाझ आइदियोस्, हाम्रो कुरा सुनिदियोस् भन्ने जनताको अपेक्षा हो। अब विचार गरौँ। कुरा सुन्न नसक्नेले अरु के-के न गर्छु भनेको के अर्थ रहला र? नेता जितेपछि फर्केर नआउने गुनासो लगभग सबै तर्फबाट आएको छ। यो राजनीतिक संस्कार, राजनीतिक परिपाटीसँग जोडिएर आउने विषय हो। प्रतिनिधि बनेर प्रतिनिधित्व गर्छु, सेवा गर्छु भनेर जनतासँग गुहार गरेर जनप्रतिनिधि भएपश्चात, त्यही जनता माझ जानुपर्ने दायित्वबोध नहुनुको के कारण हो? नेता भएपछि जनता माझ रहनुपर्ने सामान्य बुझाइ नहुनुभन्दा बढी चिन्ताजनक विषय के हुनसक्छ?

क्रान्ति, प्रतिक्रान्ति र त्यसपछि पपुलिज्मको चक्रमा हामी अहिले तेस्रो चरणबाट गुज्रिँदैछौँ। ठूला भनिएका कुनै पनि नेता आफूलाई सुरक्षित महसूस गरिरहेको अवस्था छैन। यो चुनावमा जो नेताले जिते वा जसले हारे, त्यसमा आश्चर्य मान्नुपर्ने छैन। प्रतिक्रान्तिको नेतृत्व गरेका ओली अहिलेको प्रियतावादका लागि जिम्मेवार हुन्। रेल जहाजको ठूलो कुरा। भारत विरोधी नारामा चुनाव जितेर मध्यरातमा जासुससँग भेट्ने। संसद विघटन गर्ने। अनि विकल्प को? देउवा! राजाको खुट्टामा प्रजातन्त्र सुम्पेका उनी महाधिवेशनबाट जितेर दुई चोटि सभापति चुनिन्छन्। पाँचौँ पटक प्रधानमन्त्री भइसकेका छन्। सातौँ चोटि भएर ज्योतिषशास्त्रको गरिमा र ज्योतिषीको मान बढाउन लागेका छन्। माओवादी आन्दोलनको साटो जीवनभर प्रचण्डको व्यवस्थापन गर्नुपर्ने दायित्वबाट विमुख हुने छुट पनि छैन।

मधेश आन्दोलनको हार र आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारलाई उपेन्द्रजीले दिएको 'जस्ट पास मार्क' पश्चात मधेसकेन्द्रित नेताले उही सदाबहार जातीय राजनीतिको ध्रुवीकरण गर्न खोजे। जब कि कालान्तरमा जातीय ध्रुवीकरणले मधेसको मुद्दालाई हानी पुर्याउने स्पष्ट छ। उपेन्द्रजीको यादव कार्ड किन सफल नभएको होला भनी बुझ्न यादव जातिका विभिन्न पचास जना बढी गाउँका अगुवाहरुसँग कुरा गर्दा वास्तविकता बुझियो। आन, मान र शानका लागि घाँटी कटाउन तयार हुने तर झुक्न नमान्ने एउटा अवयव रहेको पाइन्छ,  यादव जातिमा। 'अहिर' हो नि! जाबो केही सिटका लागि मधेसीको अपमान गर्ने ओलीसँग मिल्न जाने उपेन्द्रको निर्णयले अन्तिम समयमा झनै 'ब्याक फायर' गरेको छ। 'पाँच वटा सीट कमै आउँथ्यो, त्यो हामीलाई मन्जुर छ। तर, अपमानको विष स्वीकार्दैनौँ। जसपाको कार्यकर्ता तहबाट चुनावअघि ओलीसँग मिलेर पार्टी नै ध्वस्त पार्न लागेका हुन् भनी आएको चेतावनी यथार्थको रुपमा आएको छ।' दश दिने उप-प्रधानमन्त्री कालले महतोजीलाई कहिलेसम्म लखेट्ने हो, थाहा छैन। ठाकुरजी प्रारब्धको अन्तिम चरणमा छन्। 

बैठानको यो बेला ट्रान्जिट चरण हो, नेपालको राजनितिमा। पुरानो बिदा हुने र नयाँ आएका परीक्षणमा उत्तीर्ण भएर आउने अर्को चुनावमा हो।  प्रियतावादीको प्रियताको अडिट अबको पाँच वर्षमा पूर्ण हुनेछ। फिल्टर भएका बाँच्छन्। कम्बल ओढेर घिउ खानेहरू बिलाएर जान्छन्।

मधेसमा बेलुका बालेको घुरको आगो भोलिपल्ट बिहानीसम्म रहन्छ। अनि मात्र घुर कहलिन्छ। भुसको घुरले अर्को बिहानी देख्छन्। परालको आगो ह्वात्तै बलेर बिलाउँछन्। यो राम्रो प्रगति नै हो।

माथि बज्दै गरेको घण्टी तल हर्नको आवाजले सुनिएको छैन। भोटको ट्रेण्ड माथिको भन्दा तल मधेसको भूइँ सतहमा फरक रहेको पाइन्छ। यसपाली हर्न बाहेकका बाँकी दलका लागि यहाँ चुनाव जित्न पैसाको भर सबैभन्दा भरपर्दो भएको छ।

यस्तोमा मधेसले सीके राउत र थारुले रेशमका लागि बाटो खुला गरेका छन्। माथिका जनता भने राष्ट्रवादको राजनीतिमा ग्रहण लागे पश्चात् विचारविहीन घन्टी बचाउन अभिशप्त छन्। बाँकी भइपरी आउने हेर्नका लागि त पशुपतिनाथ छँदै छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मनोज साह
लेखकबाट थप
मधेस : क्युँ कि पैसा बोलता है!
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै, किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र लैजानुपर्ने आइतबार, साउन ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, साउन ३१, २०८३
जाजरकोटमा पहिरोमा परी ११ जना घाइते, ४ जना सम्पर्कविहीन आइतबार, साउन ३१, २०८३
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना आइतबार, साउन ३१, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्