• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मनाङ र मुस्ताङको निर्वाचनमा ‘एन्टी इन्कम्बेन्सी’ फ्याक्टर

64x64
रिखिराम जिसी बुधबार, मंसिर ७, २०७९  १८:३८
1140x725

पोखरा– राजनीतिमा एउटा भनाइ छ—जनताको मनोविज्ञान सधैं सत्ताको विपक्षमा हुन्छ। त्यस्तो भावना सरकार र

सत्ताका हकमा मात्रै लागू हुन्न। जो पदमा छ, त्यसका विपक्षमा पनि विरोधी जनभावना हुन्छ। त्यस्तो भावनालाई राजनीतिमा ‘एन्टी इन्कम्बेन्सी’ भनिन्छ। 

निर्वाचनमा हुने हार र जित कतिपय अवस्थामा त्यस्तै ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’ महत्वपूर्ण हुन्छ। मनाङ र मुस्ताङको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भएको हारजितले पनि त्यस्तै देखाउँछ, जो यसअघि नै सांसद थिए तिनले पराजय व्यहोरेका छन् र जो थिएनन् तिनले जिते।

मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा पराजित एमालेका प्रेम तुलाचन दोहोरिएका उम्मेदवार हुन्। उनी ०७४ मा निर्वाचित भएका थिए। मनाङमा पनि एमालेका निवर्तमान सांसद पोल्देन छोपाल गुरुङको दोहोरिने चाहनामा उनकै पुराना प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले ‘ब्रेक’ लगाइदिए। 

मुस्ताङको प्रदेश सभा ‘१’ र ‘२’ मा एमाले उम्मेदवार पनि गण्डकी प्रदेश सभाका निवर्तमान सांसद हुन्। तर दोहोरिने चाहनासहित चुनावी मैदानमा होमिएका दुवै उम्मेदवार यसपालिको निर्वाचनमा पराजित हुन पुगे। 

प्रतिनिधि सभामा तुलाचन योगेश गौचनसँग ९ सय १४ मतान्तरले पराजित भए। ७ हजार २ सय ३० मत खसेको मुस्ताङमा योगेशले ३ हजार ९ सय ९२ मत र एमालेका तुलाचनले ३ हजार ७८ मत ल्याए। २९ वर्षीय गौचन कांग्रेसको सबैभन्दा कान्छा सांसद हुन्। ०७४ सालको निर्वाचनमा मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका एमालेका तुलाचनले त्यो चुनावमा कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए। 

रोमी योगेशका बाबु हुन्। वाम गठबन्धनका संयुक्त उम्मेदवार बनेका एमालेका तुलाचन ३ हजार ३ सय १७ र रोमीले २ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए। ०७० सालमा चुनाव जितेर मन्त्री भइसकेका रोमी दोहोरिन खोज्दा ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’का कारण पराजित हुन पुगे। 

प्रतिनिधि सभा सदस्यका लागि मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङले अघिल्लो निर्वाचनको बदला लिए। ०७४ को निर्वाचनमा पोल्देन छोपाङ गुरुङसँग पराजित भएका टेकबहादुर यसपालि उनैलाई हराएर प्रतिनिधि सभा सदस्य भएका छन्। उनले २ हजार ५ सय ७५ र एमालेका पोल्देनले २ हजार २ सय ४७ मत लिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पराजित भएका पोल्देन यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए। उनले ०७४ को निर्वाचनमा २ हजार १ सय ६७ र पराजित भएका टेकबहादुरले १ हजार ९ सय १९ मत प्राप्त गरेका थिए। ५ वर्षे कार्यकाल सकेर दोहोरिने सोचसहित चुनावी मैदानमा होमिएका पोल्देन पराजित हुन पुगे। 

मुस्ताङको प्रदेश सभा ‘१’ र ‘२’ पनि ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’का कारण २ निवर्तमान सांसद पराजित भए। दुवै उम्मेदवारलाई कांग्रेसका युवा उम्मेदवारले पराजित गरे। प्रदेश सभामा ‘१’ मा ३५ वर्षीय नम्डु गुरुङ र प्रदेश सभा ‘२’ बाट ३८ वर्षीय विकल शेरचनले निवर्तमान सांसदलाई पराजित गर्दै सांसद बने। गुरुङले १ हजार ४८ मत ल्याएर विजयी भए। 

उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा ढाडु विष्टले ७ सय ९३ मत ल्याए। विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए। उनले १ हजार १ सय ६७ मत प्राप्त गर्दै जित हासिल गरेका थिए। कांग्रेसका मिम्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका थिए। 

कांग्रेसका विकल शेरचन एमालेका चन्द्रमोहन गौचनलाई १ सय ५८ मतले पराजित प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। शेरचनले २ हजार ७ सय २३ मत र एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए। गौचन एमाले जिल्ला अध्यक्ष र ०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद थिए। 

विजयी भएका नम्डु र विकल निर्वाचनमा नयाँ अनुहार हुन्। युवा, लामो राजनीतिक अनुभव नभएको, जनतासँग राम्रोसँग नभिजेको भन्दै एमालेलाई जितका लागि सहज हुने अनुमान थियो। तर त्यसको विपरीत एमाले उम्मेदवार पराजित हुन पुगे। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएर ५ वर्षको कार्यकाल पूरा गरेर पुनः चुवानी मैदानमा फर्किएका उम्मेदवार ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’ का कारण पराजित हुन पुगेका हुन सक्छन्। 

यतिमात्रै होइन, मतगणना जारी रहेका अधिकांश क्षेत्रको प्रारम्भिक नजिता पनि दोहोरिन चाहेका उम्मेदवारको पक्षमा आएको छैन। एक पटक निर्वाचित भएर पनि जनताका लागि महत्वपूर्ण काम गर्न नसकेकालाई विदाइ गर्ने भनेकै आवधिक निर्वाचन भएकाले विदाइ गर्नु स्वभाविक रहेको पूर्व विद्यार्थी नेतासमेत रहेका पोखरा विश्वविद्यालयका प्राध्यापक योगराज लामिछानेले बताए। 

‘आवधिक निर्वाचन भनेर हामीले लोकतन्त्रमा जुन विश्वास गर्छौैँ। आवधिक निर्वाचन ५ वर्षमा गर्नुको औचित्य नै पदमा गएर पनि केही निकास दिन नसक्ने, कुनै योजना दिन नसक्ने, महत्वपूर्ण जनतालाई अनुभूति गराउने काम गर्न नसक्नेहरूलाई विदाइ गर्नका लागि आयोजना गरिएको विवाद समारोह पनि हो। उनीहरू विदाइ हुनु स्वभाविक हो,’ लामिछानेले भने। 

निर्वाचन स्वागत गेट र विदाइ समारोह दुवै प्रक्रिया भएको प्राध्यापक लामिछानेले बताए। ‘निर्वाचन विदाइ समारोह पनि हो, स्वागत गेट पनि हो। योजना अनुभव भरोसा भएका मान्छेहरूलाई स्वागत गर्छ, जनतालाई परिवर्तनको अनुभूति गराउन नसक्नेलाई विदाइ पनि गर्छ,’ उनले भने, ‘यो स्वाभाविक प्रक्रिया हो।’ 

केही जनताका लागि महत्वपूर्ण योगदान दिएकाहरू पुनः निर्वाचित भइरहेको प्राध्यापक लामिछानेले सुनाए। ‘एक पटक अवसर पाएर त्यसबाट आउटपुट दिन सकेका मान्छेहरू त्यसैको जगबाट पुनः निर्वाचित पनि भएका छन्,’ उनले भने। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला सोमबार, भदौ २९, २०८३
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर सोमबार, भदौ २९, २०८३
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्