• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मनाङ र मुस्ताङको निर्वाचनमा ‘एन्टी इन्कम्बेन्सी’ फ्याक्टर

64x64
रिखिराम जिसी बुधबार, मंसिर ७, २०७९  १८:३८
1140x725

पोखरा– राजनीतिमा एउटा भनाइ छ—जनताको मनोविज्ञान सधैं सत्ताको विपक्षमा हुन्छ। त्यस्तो भावना सरकार र

सत्ताका हकमा मात्रै लागू हुन्न। जो पदमा छ, त्यसका विपक्षमा पनि विरोधी जनभावना हुन्छ। त्यस्तो भावनालाई राजनीतिमा ‘एन्टी इन्कम्बेन्सी’ भनिन्छ। 

निर्वाचनमा हुने हार र जित कतिपय अवस्थामा त्यस्तै ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’ महत्वपूर्ण हुन्छ। मनाङ र मुस्ताङको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भएको हारजितले पनि त्यस्तै देखाउँछ, जो यसअघि नै सांसद थिए तिनले पराजय व्यहोरेका छन् र जो थिएनन् तिनले जिते।

मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा पराजित एमालेका प्रेम तुलाचन दोहोरिएका उम्मेदवार हुन्। उनी ०७४ मा निर्वाचित भएका थिए। मनाङमा पनि एमालेका निवर्तमान सांसद पोल्देन छोपाल गुरुङको दोहोरिने चाहनामा उनकै पुराना प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले ‘ब्रेक’ लगाइदिए। 

मुस्ताङको प्रदेश सभा ‘१’ र ‘२’ मा एमाले उम्मेदवार पनि गण्डकी प्रदेश सभाका निवर्तमान सांसद हुन्। तर दोहोरिने चाहनासहित चुनावी मैदानमा होमिएका दुवै उम्मेदवार यसपालिको निर्वाचनमा पराजित हुन पुगे। 

प्रतिनिधि सभामा तुलाचन योगेश गौचनसँग ९ सय १४ मतान्तरले पराजित भए। ७ हजार २ सय ३० मत खसेको मुस्ताङमा योगेशले ३ हजार ९ सय ९२ मत र एमालेका तुलाचनले ३ हजार ७८ मत ल्याए। २९ वर्षीय गौचन कांग्रेसको सबैभन्दा कान्छा सांसद हुन्। ०७४ सालको निर्वाचनमा मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका एमालेका तुलाचनले त्यो चुनावमा कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए। 

रोमी योगेशका बाबु हुन्। वाम गठबन्धनका संयुक्त उम्मेदवार बनेका एमालेका तुलाचन ३ हजार ३ सय १७ र रोमीले २ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए। ०७० सालमा चुनाव जितेर मन्त्री भइसकेका रोमी दोहोरिन खोज्दा ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’का कारण पराजित हुन पुगे। 

प्रतिनिधि सभा सदस्यका लागि मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङले अघिल्लो निर्वाचनको बदला लिए। ०७४ को निर्वाचनमा पोल्देन छोपाङ गुरुङसँग पराजित भएका टेकबहादुर यसपालि उनैलाई हराएर प्रतिनिधि सभा सदस्य भएका छन्। उनले २ हजार ५ सय ७५ र एमालेका पोल्देनले २ हजार २ सय ४७ मत लिए। 

Ncell 2
Ncell 2

पराजित भएका पोल्देन यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए। उनले ०७४ को निर्वाचनमा २ हजार १ सय ६७ र पराजित भएका टेकबहादुरले १ हजार ९ सय १९ मत प्राप्त गरेका थिए। ५ वर्षे कार्यकाल सकेर दोहोरिने सोचसहित चुनावी मैदानमा होमिएका पोल्देन पराजित हुन पुगे। 

मुस्ताङको प्रदेश सभा ‘१’ र ‘२’ पनि ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’का कारण २ निवर्तमान सांसद पराजित भए। दुवै उम्मेदवारलाई कांग्रेसका युवा उम्मेदवारले पराजित गरे। प्रदेश सभामा ‘१’ मा ३५ वर्षीय नम्डु गुरुङ र प्रदेश सभा ‘२’ बाट ३८ वर्षीय विकल शेरचनले निवर्तमान सांसदलाई पराजित गर्दै सांसद बने। गुरुङले १ हजार ४८ मत ल्याएर विजयी भए। 

उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा ढाडु विष्टले ७ सय ९३ मत ल्याए। विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए। उनले १ हजार १ सय ६७ मत प्राप्त गर्दै जित हासिल गरेका थिए। कांग्रेसका मिम्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका थिए। 

कांग्रेसका विकल शेरचन एमालेका चन्द्रमोहन गौचनलाई १ सय ५८ मतले पराजित प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। शेरचनले २ हजार ७ सय २३ मत र एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए। गौचन एमाले जिल्ला अध्यक्ष र ०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद थिए। 

विजयी भएका नम्डु र विकल निर्वाचनमा नयाँ अनुहार हुन्। युवा, लामो राजनीतिक अनुभव नभएको, जनतासँग राम्रोसँग नभिजेको भन्दै एमालेलाई जितका लागि सहज हुने अनुमान थियो। तर त्यसको विपरीत एमाले उम्मेदवार पराजित हुन पुगे। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएर ५ वर्षको कार्यकाल पूरा गरेर पुनः चुवानी मैदानमा फर्किएका उम्मेदवार ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’ का कारण पराजित हुन पुगेका हुन सक्छन्। 

यतिमात्रै होइन, मतगणना जारी रहेका अधिकांश क्षेत्रको प्रारम्भिक नजिता पनि दोहोरिन चाहेका उम्मेदवारको पक्षमा आएको छैन। एक पटक निर्वाचित भएर पनि जनताका लागि महत्वपूर्ण काम गर्न नसकेकालाई विदाइ गर्ने भनेकै आवधिक निर्वाचन भएकाले विदाइ गर्नु स्वभाविक रहेको पूर्व विद्यार्थी नेतासमेत रहेका पोखरा विश्वविद्यालयका प्राध्यापक योगराज लामिछानेले बताए। 

‘आवधिक निर्वाचन भनेर हामीले लोकतन्त्रमा जुन विश्वास गर्छौैँ। आवधिक निर्वाचन ५ वर्षमा गर्नुको औचित्य नै पदमा गएर पनि केही निकास दिन नसक्ने, कुनै योजना दिन नसक्ने, महत्वपूर्ण जनतालाई अनुभूति गराउने काम गर्न नसक्नेहरूलाई विदाइ गर्नका लागि आयोजना गरिएको विवाद समारोह पनि हो। उनीहरू विदाइ हुनु स्वभाविक हो,’ लामिछानेले भने। 

निर्वाचन स्वागत गेट र विदाइ समारोह दुवै प्रक्रिया भएको प्राध्यापक लामिछानेले बताए। ‘निर्वाचन विदाइ समारोह पनि हो, स्वागत गेट पनि हो। योजना अनुभव भरोसा भएका मान्छेहरूलाई स्वागत गर्छ, जनतालाई परिवर्तनको अनुभूति गराउन नसक्नेलाई विदाइ पनि गर्छ,’ उनले भने, ‘यो स्वाभाविक प्रक्रिया हो।’ 

केही जनताका लागि महत्वपूर्ण योगदान दिएकाहरू पुनः निर्वाचित भइरहेको प्राध्यापक लामिछानेले सुनाए। ‘एक पटक अवसर पाएर त्यसबाट आउटपुट दिन सकेका मान्छेहरू त्यसैको जगबाट पुनः निर्वाचित पनि भएका छन्,’ उनले भने। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मे... बिहीबार, माघ ८, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्