काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले ५ सय मतले उछिनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन्।
उनीसँग प्रतिष्पर्धा गरिरहेका चौधरीले ६ हजार ८ सय ९० मतसहित पछ्याइरहेका छन्।
यसअघि पटक-पटक त्यही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन्।
जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मत सहित पछि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।