काठमाडौं– कुमारी बैंक र एनसिसी बैंक मर्जरमा जाने भएका छन्। संयुक्त मर्जर समितिले कुमारी बैंक र एनसिसी बैंकको १:१ (एक बराबर एक) अनुपातमा स्वाप रेसियो कायम रहने गरी मर्जरमा जान सिफारिश गरेको थियो।
समितिले प्रस्ताव गरेको अनुपात बैंकको सञ्चालक समितिले स्वीकृत गरेकोसमेत गरिसकेको छ। मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रूपैयाँ पुग्नेछ। हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड छ भने एनसिसीको ११ अर्ब १४ करोड छ।
एनसिसीले यसपटक ३.३६ प्रतिशत बोनस सेयरसमेत दिने प्रस्ताव गरेकोले सो सँगै मर्जरपछि बन्ने बैंकको पुँजी २६ अर्ब २२ करोड पुग्ने भएको हो। मर्जरपछि बैंकको शाखा संख्या तीन सय ५५ पुग्नेछ भने एटिएम संख्या तीन सय ५१ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।