काठमाडौं- बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किने क्रममा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

सोमबार बिहान पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिप सडकबाट करिब २०० मिटर तल खसेका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।