काठमाडौं- रौतहटका दुई मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले गोली चलाएको छ।
जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिनिधि सभातर्फ प्रभु साहले उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनले पनि उनलाइ सर्मथन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।