काठमाडौं- नेपाल बैंक लिमिटेडले ८६औं वार्षिकोत्सव मनाएको छ। विसं १९९४ साल कात्तिक ३० गते बैंक स्थापना भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समारोहलाई सम्बोधन गर्दै नेपालको बैंकिङ विकास र उद्यमशीलताको प्रवर्द्धनमा नेपाल बैंक लिमिटेडको अतुलनीय भूमिका रहेको बताए।
उनले प्रत्येक वर्ष कात्तिक ३० गतेलाई नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक बैंकिङ दिवसको रूपमा लिन सकिने समेत बताए।
अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको उल्लेख गर्दै वर्तमान सूचकहरूले बैंक निकै सबल र प्रतिस्पर्धी रहेको बताए।
नेपाल बैंक लिमिटेडले केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई सम्मान पनि गरेको छ।
बैंकले दुगडलाई बैंकको स्थापनाकालदेखि व्यावसायिक साझेदारको रुपमा रहेको भन्दै सम्मान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।