• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चुरेसहित देशभरका ढुङ्गा–गिट्टी विदेश निर्यातमा सर्वोच्चले लगायो रोक, देशभित्रका लागि पाउने 

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २, २०७९  १६:५२
1140x725

काठमाडौ– सर्वोच्च अदालतले चुरे क्षेत्रसहित अन्य स्थानबाट ढुङ्गा गिटी उत्खनन गरी विदेश निर्यातमा रोक लगाउन सरकारका नाममा परमादेश जारी गरेको छ।  

प्रधानन्यायाधीशसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बजेटमार्फत ल्याएको चुरेको ढुङ्ग-गिटी निकासीविरुद्ध दायर गरेको रिटको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो आदेश सरकारका नाममा गरेको हो।

तत्कालीन कामु न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले  मुलुकको भौगोलिक, भौगर्भिक र वातावरणीय संवेदनशीलता समेतलाई दृष्टिगत गरी प्रशासन र सुरक्षा निकायहरूसमेतको परिचालन गरी हाल भइरहेको विदेश तर्फको निकासीलाई रोक्नुपर्ने भनेको छ। वातावरण संरक्षणमा प्रभावकारी व्यवस्था मिलाउन पनि सर्वोच्चद्वारा जारी परमादेशमा भनिएको छ। 

‘सालिन्दा नदीले बगाएर ल्याउने नदिजन्य पदार्थहरूको उपयोग नहुँदा नदीले बाटो वदल्ने र धनजनको क्षति हुने गरेको छ’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्राविधिक अध्ययन, भौगोलिक अध्ययन प्रणाली, रिमोट सेन्सिङ, इमेजिङ समेतको माध्यमबाट स्पष्टसँग देखिएका स्थान र क्षेत्रमा मुलुकको विकासको आवश्यकतालाई केन्द्रित गरी नदीको सतह गहिरो नहुने, किनारा नभासिने कुरा सुनिश्चित गरी नदीको सापेक्षित रुपमा स्थिर प्रवाह हुने स्थानमा आवश्यक छाँद बाधसमेत गरी सो स्थानमा थिग्रन वा जम्मा हुन दिनुपर्ने देखिन्छ।’ 

यसरी थुप्रन पुगेका ढुङ्गा, गिट्टी, वालुवासमेतका प्राकृतिक स्रोतहरू देशभित्रको पुर्वाधार निर्माणमा मात्र प्रयोग हुने व्यवस्था गर्न विध्यमान नीतिहरूमा पुनरावलोकन गर्नुपर्ने सर्वोच्चको पूर्णपाठमा भनिएको छ। 

‘वातावरण संरक्षणको सन्दर्भमा दक्ष जनशक्ति सहितको प्रभावकारी संयन्त्र निर्माण गरी वातवारणीय सुशासनको माध्यमले यस विषयको नियमन गर्नू–गराउनू भनी विपक्षीहरूका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ’, पूर्णपाठमा भनिएको छ, ‘सर्वोच्चबाट विगतमा पनि ढुङ्गा, गिट्टी निकासका बारेमा स्पष्ट दृष्टिकोण प्रस्तुत भइसकेको छ। सोही सिद्धान्त समेतलाई मध्येनजर गरेर तराई–मधेश, चुरिया, भावर क्षेत्रका नदीहरूमा भएको अनियन्त्रित दोहनको विषयमा पनि बोलेको छ। ’ 

नारायण देवकोटाले दायर गरेको  रिट निवेदनमा ‘हाललाई ढुङ्गा, गिट्टी, वालुवा निकासी गर्ने कार्य रोकी यस अदालतको आदेशअनुसार गठित प्राबिधिक समितिले तत्–तत् उद्योेगबाट अझै रोडा, ढुङ्गा, वालुवा निकाल्न सक्ने क्षमता, आर्थिकलगायत वातावरणीय दृष्टिले सम्भव छ भन्ने प्रतिवेदन दिएमा सोबमोजिम निकासी गर्नू’ भनी आदेश गरेको पूर्णपाठमा उल्लेख छ। 

उक्त निर्णयपश्चात् पनि फैसलाले संकेत गरे बमोजिम कुनै प्राविधिक समिति गठन नभएकोप्रति सर्वोच्चले फेरि सरकारको ध्यानाकर्षण गराएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सर्वोच्चवाट भएको उक्त आदेश नत कुनै अध्ययन नै गरिएको छ न कार्यान्वयन नै भएको जानकारी पाइएको छ’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यस अदालतको आदेशलाई समेत उपेक्षा गरी वर्तमानमा तराई–मधेश, चुरे–भावर समेतका देशका विभिन्न नदीहरूवाट अनियन्त्रित रुपमा नदीजन्य र खानीजन्य प्राकृतिक स्रोत तथा ढुंगा, गिट्टी, वालुवाको उत्खनन्, उपयोग र निकासी भइरहेको अवस्था देखियो।’

ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, बिक्री–वितरण र निकासी समेतको सन्दर्भमा सरकारले अनुशरण गरेका नितिहरू हेर्दा हाल भइरहेको अनियन्त्रित उत्खनन् र निकासी रोक्नेतर्फ स्थुलरूपमा केन्द्रित रहेको नपाइएको फैसलाको पूर्णपाठमा उल्लेख छ। 

विभिन्न कानूनमा रहेका छिटपुट व्यवस्थाहरू पनि उचित समन्वयको अभावमा कार्यान्वयन हुन सकेको नदेखिएको फैसलामा भनिएको छ। 

‘यस्तो गम्भीर विषयलाई एकीकृत ऐनको माध्यमबाट साङ्गोपाङ्ग रुपमा संबोधन गर्न खोजेको पनि पाइएन। विद्यमान कानुन र नीतिहरू हेर्दा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् र निकासीको विषय स्थानीय तहको एकाधिकारको विषय हो भन्ने जस्तो बुझाइ संघीय, प्रदेश र स्थानीय तहमा रहेको पाइयो’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यस्तो बुझाइ त्रुटिपुर्ण देखिन्छ र नेपालको संविधानको मर्म र भावना अनुकुल देखिँदैन।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७९ वैशाख ८ गते भएको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गर्दै सर्वोच्चले ढुङ्गा गिटीका विषयमा संवैधानिक इजलासले यसअघिका फैसलाहरू सरकारलाई सम्झाएको हो । तत्कालीन नेकपा सरकार हुँदा अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशवाट बजेट ल्याउँदै चुरेको ढुङ्गा–गिटी निकासीको व्यवस्था राखेका थिए । उक्त व्यवस्थाविरुद्ध संवैधानिक इजलसामा रिट दायर भएको थियो। उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै रोक लगाएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १६:५२
  • #सर्वोच्च अदालत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो... शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुनार... शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्