• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी सभामा प्रचण्डले प्रयोग गरेका तीन ‘तीर’  

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, मंसिर १, २०७९  २०:४७
1140x725

काठमाडौं– मंसिर ४ का लागि नेकपा माओवादी केन्द्रले भोट माग्न केन्द्रीकृत रुपमा लोडसिडिङको अन्त्यलाई प्रयोग गरेको छ। भोट अपिल गर्दै भनेको छ, ‘जसले बनायो उज्यालो नेपाल, उसैले बनाउँछ समृद्ध नेपाल।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने यतिमै सीमित छैनन्। अरु केही तीर समेत छाडिरहेका छन्। चुनाव प्रचारका लागि आयोजित सवैजसो सभामा उनले मुख्यत: तीनटा विषयलाई केन्द्रमा राखेर भाषण गरेका छन्। 

आफैं उम्मेदवार रहेको गोरखा- २ बाट कात्तिक १८ चुनावी सम्बोधन सुरु गरेका थिए। उनले त्यहाँ  विकास र समृद्धि बोकेर गोरखामा निर्वाचन लड्न आएको दाबी गरेका थिए। निर्वाचनलाई सामान्य अर्थमा नलिन समेत मतदाता समक्ष आग्रह गरे। गोरखाबाट सम्बोधन सुरु गर्दा उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे। गोरखाका निम्ति अवसर भएको उल्लेख गरे। त्यो आफैंलाई मत दिनेहरुका लागि थियो। देशव्यापी माहोल बनाउन भने उनले अरु नै तरिका अपनाइरहेको देखिन्छ। 

पहिलो तीर: निशानामा ओली
प्रचण्डले प्रचार अवधिभर गरेका भाषण केलाउने हो भने उनको पहिलो तीर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर सोझिएको छ। धेरै ठाउँमा एमालेकै उम्मेदवारसँग माओवादी केन्द्रले प्रतिष्पर्धा गरिरहेको छ।

एमालेलाई कुनै मुद्दाबाट कमजोर बनाउन सक्दा स्वभाविक रुपमा लाभ माओवादी केन्द्रलाई नै हुन्छ। यति मात्रै होइन, पार्टी एकीकरण गरिसकेर छुट्टिनु परेको तिक्तता समेत उनका भाषणमा पोखिन्छ। 

कात्तिक २० गते काठमाडौंमा आयेजित रामेछापका स्थानीयलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीप्रति निकै आक्रमक भएर प्रस्तुत भए। त्यसपछि लगातार ओलीमाथि आक्रमण गरिरहेका उनले सम्बोधनका क्रममा दोहोर्‍याउने गरेका छन्, ‘हिजो दुई तिहाइको सरकार दिँदा पनि उनले आफैँले विघटन गरे। संसद् बचाउन सकेनन्। ३ वर्षमै संसद् विघटन गरेर संविधान च्यात्न खोज्ने, अब फेरि के भनेर भोट माग्ने? नेपालका जनताको बुद्धि छैन। मैले उखानटुक्का भने हँसाइदिए भने मलाई भोट हाल्छन भन्ठानेका हुन् कि?’ 

यसका साथै लोकतान्त्रीक वाम गठबन्धन जनताको गठबन्धन भएको दाबी गरिरहेका छन्। नेकपा एमालेले बनाएको गठबन्धन राजतन्त्र पुनर्स्थापना गर्न चाहने र संविधान च्यात्नेहरू बीचको भएको उनले बताइरहेका छन्। उनले यसलाई ‘ऐतिहासिक जनमत संग्रह’को संज्ञा दिइरहेकका छन्। पटक-पटक दोहोर्‍याइरहेका रहेका छन्, ‘अहिले सामान्य निर्वाचन हुँदैछैन। ऐतिहासिक जनमत संग्रह जस्तै हो। संविधानको संरक्षण गर्ने र त्यसलाई च्यात्न खोज्ने बीचको लडाइँ हो।’

उनी हरेक भाषणमा छुटाउँदैनन्,  ‘मंसिर ४ को निर्वाचन संविधान च्यातेर आदिबासी, जनजाति, मजदुर, किसान र उत्पीडित वर्गको अधिकार कुन्ठित गर्ने र त्यसको रक्षा गर्ने बीचको हो।’

nimb
nimb
Ncell 2
Ncell 2

संविधान बनिसकेपछि स्थायित्व र विकासतिर देश लाग्ने आशा गर्दै ओलीलाई प्रधानमन्त्री बनाएको दाबी गर्दै ७० वर्ष लामो उपलब्धिमाथि प्रहार गरेको दोहोर्‍याइरहेका छन्।  

प्रचण्ड ओलीलाई संविधान र व्यवस्था विरोधी भएको आरोप लगाउँदै गठबन्धनको पक्षमा मतदान गर्नका लागि अपिल गर्ने गरेका छन्। एमालेका तर्फबाट आफू प्रधानमन्त्री भएको घोषणा गरेका ओलीलाई प्रचण्डले विगतमा आफूले प्रधानमन्त्री बनाइदिएको दाबी गरिरहेका छन्। साथै तेस्रोपटक प्रधानमन्त्री बनेर देखाउन समेत चुनौती समेत पेश गरेका छन्। 

यही बीच एमाले अध्यक्ष ओलीले ‘रामायण’का रामसीतालाई अघि सारेर प्रचण्डमाथि व्यंग्य गरे। ‘मैले राम–लक्ष्मण जन्मिएको, बसेको, खेलेको र राज गरेको ठाउँमा राम जन्मभूमि ल्याउँदा एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए, लखेट्ने भयो भने’, उनले भने, ‘मलाई थाहा थियो, एमालेसँग दुस्मनी गर्ने पनि सकिन्छन्, राम, सीता र लक्ष्मणसँग दुस्मनी गर्ने पनि सिद्धिन्छन्।’

प्रचण्ड पनि दोहोरीमा के कम? उनी ‘महाभारत’तिर लागे। ‘यो पटकको निर्वाचनमा हामी पाँचदलीय गठबन्धन पाँच पाण्डवको रुपमा छौं। अर्कातिर कौरवको एउटा हुल छ केपी ओलीको नेतृत्वमा। मंसिर ४ गते महाभारत हुँदैछ। जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरूको पराजय निश्चित छ।’

दोस्रो तीर: कांग्रेस मतदाता फकाउने
अहिले नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रसहित पाँचदलीय गठबन्धन छ। द्वन्द्वकालमा धेरै पीडित हुनेमा कांग्रेसजन छन्। कम्युनिस्ट शक्ति त्यसमाथि माओवादीप्रति उति उदार हुन नसकेका कांग्रेसी मतदातालाई प्रचण्डले फकाइरहेका छन्। 

आफूहरु अहिले मात्रै एक ठाउँमा नरहेको बताउँदै प्रचण्डले शान्ति सम्झौतादेखिका प्रसंग अगाडि सारिरहेका छन्। उनी सम्बोधनको क्रममा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर हुँदादेखि नै माओवादीले कांग्रेस र कांग्रेसले माओवादीलाई भोट हालेको दाबी गरिरहेकका छन्। शान्ति सम्झौता गर्दा ‘जय नेपाल’ र ‘लालसलाम’ एकै ठाउँमा उभिएको भन्दै मत आकर्षित गर्ने प्रयास गरिरहेका छन्। 

अध्यक्ष प्रचण्डले भन्छन्, ‘हामीले १२ बुँदे समझदारी गर्‍यौं। त्यतिबेला एक हदसम्म जय नेपाल र लालसलाम एक ठाउँमा आए। त्यसपछि विस्तृत शान्ति सम्झौता भयो। जुन दिन गिरिजाप्रसाद कोइराला र मैले एउटै कागजमा हस्ताक्षर गरेर देशमा युगान्तकारी परिवर्तनको प्रक्रिया सुरु भयो। त्यही दिन जय नेपाल र लालसलाम एकै ठाउँमा उभिएका हुन।’

उनले एक एक अर्कामा भोट हाल्ने गरेको बताउने गरेका छन्। युद्धरत पक्षबीचमा पनि सहमति र विमति राख्ने गरेको समेत उल्लेख गरिरहेका छन्।

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा छन्। देउवाले गिरिजा लिगेसी बोक्दैनन् भन्ने प्रचण्डलाई अवगत नै छ। देउवा पक्षीय कांग्रेसीलाई अपनत्व महसुस गराउन उनी शान्ति सम्झौताको पहिलो वार्ता कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको बताइरहेका छन्।

चुनावी सम्बोधनमा प्रचण्डले कांग्रेसको प्रचारमा जाँदा द्वन्द्वका घाउहरु मेटिदै गएको महसुस आफूले गरेको उनले बताइरहेका छन्। उनी भन्छन्, ‘नेपाली कांग्रेससँग प्रचार गर्दै जाँदा विस्तारै–विस्तारै मैले के महसुस गरेको छु, तपाईंहरू पनि विचार गर्नु होला। हिजो युद्धका घाउहरू मेटिँदै–मेटिँदै जान थालेका छन्। अब माओवादीका नेता कार्यकर्ताले पनि सँगै बस्ने सँगै खाने, सँगै हिँड्दै जाँदा कांग्रेसमा पनि राम्रा–राम्रा नेता र कार्यकर्ताहरू रहेछन् भन्ने सोच्न थालेको मैले थाहा पाएको छु। त्यसैगरी, कांग्रेसका कार्यकर्तालाई पनि माओवादी पनि कहाँ त्यस्तो रहेनछन् र मान्छे त असल पो रहेछन् भन्ने महसुस गरेको छु।’

तेस्रो : गठबन्धनको निरन्तरता
माओवादी केन्द्रका प्रचण्डले मंसिर ४ को चुनावपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने दाबी गरिरहेका छन्। प्रचण्डले बिगतमा देउवासँग सत्ता साझेदारी गर्दा समेत एमालेसँग चुनावी गठबन्धन गरेका छन्। 

प्रचण्डको यो स्वभावले कांग्रेसको मतबाट जितेर एमालेसँग मिलेर सत्तारोहण गर्न सक्ने संशय कांग्रेसजनमा छ। त्यही संशय मेट्न उनी गठबन्धनको निरन्तरतालाई हरेकजसो चुनावी सभामा जोड दिइरहेका हुन्छन्। 

‘चुनावसम्म मात्रै होइन, चुनावपछिसम्म पनि गठबन्धन झन् बलियो बन्दै जानुपर्छ। मंसिर ४ पछि पनि हाम्रै सरकार बन्छ। त्यो सरकार बनेपछि आर्थिक विकास, पर्यटन विकासमा काम गर्नेछौँ,’ उनले भनिरहेका छन्। 

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिबद्धता यसअघि नै गरिसकेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवतै रहेको भन्दै उनीहरुले संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने बताएका छन्।

प्रचण्ड आफ्नो सम्बोधनमा क्रममा यसैलाई दोहोर्‍याइरहेका छन्। उनी भनिरहेका छन्, ‘गठबन्धनको एक मात्र अजेण्डा सुशासन, विकास र समृद्धि नै हो। अरु कुनै अजेण्डा छैन। यो गठबन्धन चुनावपछि सम्म रहन्छ।’ 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  २०:४७
  • #चुनाव_२०७९
  • #प्रचण्ड
  • #सत्ता_गठबन्धन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्