• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी सभामा प्रचण्डले प्रयोग गरेका तीन ‘तीर’  

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, मंसिर १, २०७९  २०:४७
1140x725

काठमाडौं– मंसिर ४ का लागि नेकपा माओवादी केन्द्रले भोट माग्न केन्द्रीकृत रुपमा लोडसिडिङको अन्त्यलाई प्रयोग गरेको छ। भोट अपिल गर्दै भनेको छ, ‘जसले बनायो उज्यालो नेपाल, उसैले बनाउँछ समृद्ध नेपाल।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने यतिमै सीमित छैनन्। अरु केही तीर समेत छाडिरहेका छन्। चुनाव प्रचारका लागि आयोजित सवैजसो सभामा उनले मुख्यत: तीनटा विषयलाई केन्द्रमा राखेर भाषण गरेका छन्। 

आफैं उम्मेदवार रहेको गोरखा- २ बाट कात्तिक १८ चुनावी सम्बोधन सुरु गरेका थिए। उनले त्यहाँ  विकास र समृद्धि बोकेर गोरखामा निर्वाचन लड्न आएको दाबी गरेका थिए। निर्वाचनलाई सामान्य अर्थमा नलिन समेत मतदाता समक्ष आग्रह गरे। गोरखाबाट सम्बोधन सुरु गर्दा उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे। गोरखाका निम्ति अवसर भएको उल्लेख गरे। त्यो आफैंलाई मत दिनेहरुका लागि थियो। देशव्यापी माहोल बनाउन भने उनले अरु नै तरिका अपनाइरहेको देखिन्छ। 

पहिलो तीर: निशानामा ओली
प्रचण्डले प्रचार अवधिभर गरेका भाषण केलाउने हो भने उनको पहिलो तीर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर सोझिएको छ। धेरै ठाउँमा एमालेकै उम्मेदवारसँग माओवादी केन्द्रले प्रतिष्पर्धा गरिरहेको छ।

एमालेलाई कुनै मुद्दाबाट कमजोर बनाउन सक्दा स्वभाविक रुपमा लाभ माओवादी केन्द्रलाई नै हुन्छ। यति मात्रै होइन, पार्टी एकीकरण गरिसकेर छुट्टिनु परेको तिक्तता समेत उनका भाषणमा पोखिन्छ। 

कात्तिक २० गते काठमाडौंमा आयेजित रामेछापका स्थानीयलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीप्रति निकै आक्रमक भएर प्रस्तुत भए। त्यसपछि लगातार ओलीमाथि आक्रमण गरिरहेका उनले सम्बोधनका क्रममा दोहोर्‍याउने गरेका छन्, ‘हिजो दुई तिहाइको सरकार दिँदा पनि उनले आफैँले विघटन गरे। संसद् बचाउन सकेनन्। ३ वर्षमै संसद् विघटन गरेर संविधान च्यात्न खोज्ने, अब फेरि के भनेर भोट माग्ने? नेपालका जनताको बुद्धि छैन। मैले उखानटुक्का भने हँसाइदिए भने मलाई भोट हाल्छन भन्ठानेका हुन् कि?’ 

यसका साथै लोकतान्त्रीक वाम गठबन्धन जनताको गठबन्धन भएको दाबी गरिरहेका छन्। नेकपा एमालेले बनाएको गठबन्धन राजतन्त्र पुनर्स्थापना गर्न चाहने र संविधान च्यात्नेहरू बीचको भएको उनले बताइरहेका छन्। उनले यसलाई ‘ऐतिहासिक जनमत संग्रह’को संज्ञा दिइरहेकका छन्। पटक-पटक दोहोर्‍याइरहेका रहेका छन्, ‘अहिले सामान्य निर्वाचन हुँदैछैन। ऐतिहासिक जनमत संग्रह जस्तै हो। संविधानको संरक्षण गर्ने र त्यसलाई च्यात्न खोज्ने बीचको लडाइँ हो।’

उनी हरेक भाषणमा छुटाउँदैनन्,  ‘मंसिर ४ को निर्वाचन संविधान च्यातेर आदिबासी, जनजाति, मजदुर, किसान र उत्पीडित वर्गको अधिकार कुन्ठित गर्ने र त्यसको रक्षा गर्ने बीचको हो।’

Ncell 2
Ncell 2

संविधान बनिसकेपछि स्थायित्व र विकासतिर देश लाग्ने आशा गर्दै ओलीलाई प्रधानमन्त्री बनाएको दाबी गर्दै ७० वर्ष लामो उपलब्धिमाथि प्रहार गरेको दोहोर्‍याइरहेका छन्।  

प्रचण्ड ओलीलाई संविधान र व्यवस्था विरोधी भएको आरोप लगाउँदै गठबन्धनको पक्षमा मतदान गर्नका लागि अपिल गर्ने गरेका छन्। एमालेका तर्फबाट आफू प्रधानमन्त्री भएको घोषणा गरेका ओलीलाई प्रचण्डले विगतमा आफूले प्रधानमन्त्री बनाइदिएको दाबी गरिरहेका छन्। साथै तेस्रोपटक प्रधानमन्त्री बनेर देखाउन समेत चुनौती समेत पेश गरेका छन्। 

यही बीच एमाले अध्यक्ष ओलीले ‘रामायण’का रामसीतालाई अघि सारेर प्रचण्डमाथि व्यंग्य गरे। ‘मैले राम–लक्ष्मण जन्मिएको, बसेको, खेलेको र राज गरेको ठाउँमा राम जन्मभूमि ल्याउँदा एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए, लखेट्ने भयो भने’, उनले भने, ‘मलाई थाहा थियो, एमालेसँग दुस्मनी गर्ने पनि सकिन्छन्, राम, सीता र लक्ष्मणसँग दुस्मनी गर्ने पनि सिद्धिन्छन्।’

प्रचण्ड पनि दोहोरीमा के कम? उनी ‘महाभारत’तिर लागे। ‘यो पटकको निर्वाचनमा हामी पाँचदलीय गठबन्धन पाँच पाण्डवको रुपमा छौं। अर्कातिर कौरवको एउटा हुल छ केपी ओलीको नेतृत्वमा। मंसिर ४ गते महाभारत हुँदैछ। जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरूको पराजय निश्चित छ।’

दोस्रो तीर: कांग्रेस मतदाता फकाउने
अहिले नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रसहित पाँचदलीय गठबन्धन छ। द्वन्द्वकालमा धेरै पीडित हुनेमा कांग्रेसजन छन्। कम्युनिस्ट शक्ति त्यसमाथि माओवादीप्रति उति उदार हुन नसकेका कांग्रेसी मतदातालाई प्रचण्डले फकाइरहेका छन्। 

आफूहरु अहिले मात्रै एक ठाउँमा नरहेको बताउँदै प्रचण्डले शान्ति सम्झौतादेखिका प्रसंग अगाडि सारिरहेका छन्। उनी सम्बोधनको क्रममा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर हुँदादेखि नै माओवादीले कांग्रेस र कांग्रेसले माओवादीलाई भोट हालेको दाबी गरिरहेकका छन्। शान्ति सम्झौता गर्दा ‘जय नेपाल’ र ‘लालसलाम’ एकै ठाउँमा उभिएको भन्दै मत आकर्षित गर्ने प्रयास गरिरहेका छन्। 

अध्यक्ष प्रचण्डले भन्छन्, ‘हामीले १२ बुँदे समझदारी गर्‍यौं। त्यतिबेला एक हदसम्म जय नेपाल र लालसलाम एक ठाउँमा आए। त्यसपछि विस्तृत शान्ति सम्झौता भयो। जुन दिन गिरिजाप्रसाद कोइराला र मैले एउटै कागजमा हस्ताक्षर गरेर देशमा युगान्तकारी परिवर्तनको प्रक्रिया सुरु भयो। त्यही दिन जय नेपाल र लालसलाम एकै ठाउँमा उभिएका हुन।’

उनले एक एक अर्कामा भोट हाल्ने गरेको बताउने गरेका छन्। युद्धरत पक्षबीचमा पनि सहमति र विमति राख्ने गरेको समेत उल्लेख गरिरहेका छन्।

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा छन्। देउवाले गिरिजा लिगेसी बोक्दैनन् भन्ने प्रचण्डलाई अवगत नै छ। देउवा पक्षीय कांग्रेसीलाई अपनत्व महसुस गराउन उनी शान्ति सम्झौताको पहिलो वार्ता कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको बताइरहेका छन्।

चुनावी सम्बोधनमा प्रचण्डले कांग्रेसको प्रचारमा जाँदा द्वन्द्वका घाउहरु मेटिदै गएको महसुस आफूले गरेको उनले बताइरहेका छन्। उनी भन्छन्, ‘नेपाली कांग्रेससँग प्रचार गर्दै जाँदा विस्तारै–विस्तारै मैले के महसुस गरेको छु, तपाईंहरू पनि विचार गर्नु होला। हिजो युद्धका घाउहरू मेटिँदै–मेटिँदै जान थालेका छन्। अब माओवादीका नेता कार्यकर्ताले पनि सँगै बस्ने सँगै खाने, सँगै हिँड्दै जाँदा कांग्रेसमा पनि राम्रा–राम्रा नेता र कार्यकर्ताहरू रहेछन् भन्ने सोच्न थालेको मैले थाहा पाएको छु। त्यसैगरी, कांग्रेसका कार्यकर्तालाई पनि माओवादी पनि कहाँ त्यस्तो रहेनछन् र मान्छे त असल पो रहेछन् भन्ने महसुस गरेको छु।’

तेस्रो : गठबन्धनको निरन्तरता
माओवादी केन्द्रका प्रचण्डले मंसिर ४ को चुनावपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने दाबी गरिरहेका छन्। प्रचण्डले बिगतमा देउवासँग सत्ता साझेदारी गर्दा समेत एमालेसँग चुनावी गठबन्धन गरेका छन्। 

प्रचण्डको यो स्वभावले कांग्रेसको मतबाट जितेर एमालेसँग मिलेर सत्तारोहण गर्न सक्ने संशय कांग्रेसजनमा छ। त्यही संशय मेट्न उनी गठबन्धनको निरन्तरतालाई हरेकजसो चुनावी सभामा जोड दिइरहेका हुन्छन्। 

‘चुनावसम्म मात्रै होइन, चुनावपछिसम्म पनि गठबन्धन झन् बलियो बन्दै जानुपर्छ। मंसिर ४ पछि पनि हाम्रै सरकार बन्छ। त्यो सरकार बनेपछि आर्थिक विकास, पर्यटन विकासमा काम गर्नेछौँ,’ उनले भनिरहेका छन्। 

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिबद्धता यसअघि नै गरिसकेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवतै रहेको भन्दै उनीहरुले संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने बताएका छन्।

प्रचण्ड आफ्नो सम्बोधनमा क्रममा यसैलाई दोहोर्‍याइरहेका छन्। उनी भनिरहेका छन्, ‘गठबन्धनको एक मात्र अजेण्डा सुशासन, विकास र समृद्धि नै हो। अरु कुनै अजेण्डा छैन। यो गठबन्धन चुनावपछि सम्म रहन्छ।’ 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  २०:४७
  • #चुनाव_२०७९
  • #प्रचण्ड
  • #सत्ता_गठबन्धन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्द सूची पेस भएको हो । मंगलबार, पुस १५, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११ सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्