काठमाडौं– दुई वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाधांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक रहेका छन्।
इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने घोषण गरेको हो। बैंकको कात्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको कूल ११ प्रतिशत लाभांशमध्ये चुक्ता पुँजीको ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश रहेको छ। हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ।
यसैगरी, मेगा बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कात्तिक २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकहरुले घोषणा गरेको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।