काठमाडौं– मंगलबार नेप्से परिसूचक समान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्सेपरिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ इण्डेक्स ०.४० अंकले घटेको छ।
मंगलबार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ। सोमबार ९४ करोड बराबरको सेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।
जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ।
यस्तै मंगलबार सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ४.५८ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।
तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ८.५६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।