काठमाडौं– स्लोवेनियाका जनताले एक वकिललाई आफ्नो पहिलो महिला राष्ट्रपतिका रुपमा चयन गरेका छन्।
नतासा पिर्क मुसर पेसाले एक पत्रकार र वकिल हुन्। जसले निर्दलीय चुनाव लडेकी थिइन्। यद्यपी उनलाई स्लोवेनियाको वामपन्थी सरकारको समर्थन भने थियो।
मुसर पूर्व विदेश तगा चर्चित कन्जरभेटिभ नेता एन्ज लोकरलाई हराउँदै पहिलो महिला राष्ट्रपति बनेकी हुन्। स्लोवेनियाको निर्वाचन आयोगका अनुसार पिर्क मुसरले करिब ५४ प्रतिशत भोटले जितेकी हुन्। उनका प्रतिद्वन्द्वी लोकरले ४६ प्रतिशत मत ल्याए।
करिब २० लाख जनसंख्या भएको देशमा ४९.९ प्रतिशत जनताले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
पिर्क मुसर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मलानिया ट्रम्पकी वकिल रहिसकेकी छन्। आफ्नो जितमा मुसरले भनिन्, ‘स्लोवेनियाले एक यस्तो राष्ट्रपति छनोट जो यूरोपियन संघमा विश्वास गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।