• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गगन थापा ‘क्वालिफाइड लिडर’ हुन्, हाम्रो पुस्ताको नेतृत्व उनले नै गर्छन् 

स्वर्णिम वाग्ले आइतबार, कात्तिक २७, २०७९  १७:२५
1140x725

काठमाडौं– तीनपटक सांसद भएका गगन थापा यसपाली चौथोपटकका लागि चुनावी मैदानमा छन्। पछिल्ला दिनमा उनले एक किसिमको राजनेताको झलक आउने व्यवहार पनि देखाइरहेका छन्। र मलाई लाग्छ त्यस्तो नेतालाई (काठमाडौं) क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने निकट भविष्यमै एउटा युवा प्रधानमन्त्रीका रुपमा जनताले पाउनेछन्। 

एकीकृत स्वास्थ्य बीमा (युनिफाइड हेल्थ इन्सोरेन्स) को आकृति गरिब देशले पनि धान्न सक्छ। यो काम गर्न सकिन्छ भन्ने चिजन गगन थापाहरुले नै सुरु गरे र यसलाई कार्यान्वयनमा लगे। त्यसलाई मूर्त रुप दिनका लागि फेरि पनि यस्तै बुझाइ भएको नेतृत्व आउनुपर्छ। र बीपी कोइरालाको समाजवादी परिभाषा पनि हामीले त्यसैगरी पुनर्व्याख्या गरिराखेका छौं। 

सानो रोग लाग्नासाथ घर–खेत बेच्न नपर्ने त्यो सामाजिक सुरक्षाको प्रयाभूति देखाउने खालको युनिफाइड हेल्थ केयर सिस्टमको जग गगन थापाले ७ महिनामै बसाएका हुन्। 

उनलाई फेरि पनि मन्त्री, उप–प्रधानमन्त्री, प्रधानमन्त्री पनि बनाउन सकियो भने, यसले पाँच वर्षभित्र मूर्त आकार लिन्छ जस्तो मलाई लाग्छ। अहिले भइराखेका विकृतिलाई हामीले सुधार गर्ने, नयाँ–नयाँ कम्पोनेन्टमा घुसाएर धान्न सकिने, नेपालजस्तो गरिब मुलुकले पनि धान्न सक्ने खालको सामाजिक सुरक्षाको संरचना हामी बनाउँछौं। बनाउन सक्ने आत्मविश्वास पनि हामीमा छ। 

कोभिडकै बेलामा पनि गगन थापाको भूमिका तपाईंहरुले देख्नुभयो। केपी ओलीको दुई तिहाइको प्रचण्ड बहुमत आएको एक किसिमको निरंकुश प्रवृत्ति कुनै रोकटोक  बिना कुनै अंकुश, संवैधानिक निकायहरु पनि भुत्ते भइराखेको अवस्थामा चाहिँ उनले जसरी संसद्‌मा एक्लै उभिएर त्यस्तो शक्तिशाली सरकारलाई पनि उत्तरदायित्व बनाउने काम गरे।

जनताको पक्षमा यही सरकारसँग पनि मिलेर यी–यी काम गर्न चाहान्छु भनेर उद्घोष गरे। त्यसैले उनी एउटा 'स्टेटसम्यान इन द मेकिङ' जस्तो मलाई लाग्छ। नेताका रुपमा उनी स्थापित भइसके। 

उनीसँग जुन भिजन छ, टिम छ, हामीहरु जस्ता मान्छे आबद्ध छौं– त्यो अलायन्सले यो देशलाई देखिनेगरी ५ वर्षभित्रमा नै हामीले एउटा मोमेन्टम ल्याउँछौं। आर्थिक समृद्धि, समन्यायिक न्यायका सिद्धान्त र मुख्यतः हामी बिक्दैनौं। हामीलाई कसैले किन्न सक्दैन। हामीलाई कसैले म्यानीपुलेट गर्न सक्दैन। हामी कसैकाे गोटी बन्दैनौं किनकि हामी आफैं सक्षम छौं। 

हाम्रो यो सबलीकरणको अजेण्डा, स्वतन्त्रताको अजेण्डा, सक्षमताको अजेण्डा जुन मानव विकासको एउटा 'कोर कम्पोनेन्ट' पनि हो। त्यसलाई अहिले नेपाली कांग्रेसको संकल्प पत्रमा पनि हामीले सैद्धान्तिक रुपमै मूल प्रवाहीकरण गरेका छौं, समावेश गरेका छौं। त्यो अजेण्डामा एउटा फ्रेस भिजनमा टेकेर, नयाँ नेतृत्वले यो मुलुकले अगाडि बढाउन सक्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यो प्रक्रियाको नेतृत्व हाम्रो पुस्ताका नेता गगनकुमार थापाले गर्छन्। उनलाई इनेबल गर्ने, उनलाई बल पुर्‍याइदिने काम हामीले गर्नुपर्छ। गगनकुमार थापालाई मैले १५/१६ वर्ष अगाडि देखेको हुँ। उनी आन्दोलनबाट खारिएर आएका नेता हुन्।। २०६२/०६३ सालमा विद्यार्थी मोर्चाहरु सम्हाल्नुभएका सिर्जना अधिकारी, गगनकुमार थापा, प्रदीप पौडेलहरुले नै काठमाडौंका सडकहरु तताएका हुन्।

त्यतिबेलाको आन्दोलनको अग्रमोर्चामा रहेर के–को लागि भन्दा? पहिला व्यवस्था परिवर्तन गरौं। व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्नुपर्छ। जीवनस्तरलाई उकास्नका निम्ती प्रणाली नै सुधार गर्न सकिएन भने अरु कुराहरु तपशील जान्छन्। यी फुटनोटमा रहन्छन्। त्यसैले त्यो चरणबाट हामीले पार गर्‍यौंं। प्रसव वेदनासहितको एउटा संविधान लेखनको प्रक्रियामा पनि हामी होमियौं। झण्डै एक दशक लगाएर एक थान संविधान बनाएका छौं।

अहिले नै यसलाई कमजोर बनाउनेतर्फ हामी नलागौं। केही गुनासाहरु छन्। प्रदेश सरकारको हकमा। यो कत्तिको बोझिलो भयो? धान्न सकिन्छ कि सकिन्न? भन्ने कुराहरुमा। अलिकति त्यसमा केही यथार्थ पनि छन्। कतिमा  भ्रम पनि छरिएको छ। तर, यो भद्दा खालको संरचनालाई हामीले चुस्त बनाउनैपर्छ। त्यसमा नेपाली कांग्रेसले आफ्नो संकल्पपत्रमा उल्लेख गरेको छ। त्यसलाई यसरी सम्बोधन गर्छौं। त्यसलाई किफायती बनाउँछौं। संसद्को आकार, मन्त्रिपरिषदको आकारहरु, सिंहदरबारमा जे–जे छन्, त्यही कुराहरु मल्टिप्लाई गरेर प्रदेशमा पनि सातवटा नेपाल बनाउने खालको कुरा हामीले गर्‍यौं। त्यसलाई हामी रोक्छौं। 

अवस्था परिवर्तनको अजेण्डाका लागि पुराना खालका नेताहरुलाई स–सम्मान बिदाई गर्ने, उहाँहरुले नेपाललाई जहाँसम्म लिएर आउनु भएको छ, त्यसका लागि पनि धन्यवाद दिने। अबको नयाँ यात्रा चाहिँ नयाँ पुस्ताबाटै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं। मलाई लाग्छ, गगन थापा यो आन्दोलनबाट खारिएका व्यक्ति हुन्। 

उनलाई मैले २०६२/०६३ को आन्दोलनबाटै चिनेको हुँ। पछि उनी सांसद भइसकेपछि संसदीय उपसमितिहरु, जलस्रोतसम्बन्धी समितिहरु, संसदको खास काम भनेको कमिटीहरुमा गर्ने हो। हामीलाई के भ्रम छ भने समाचार हेर्छौं। एक मिनेटको क्लिप्स आउँछ। दुई मिनेटको बाइट आउँछ। ढ्याप, ढ्याप पारेका हुन्छन्। यहि रहेछ सांसदको काम भन्ने लाग्छ। 

तर, संसद्‌मा हरेक ढंगले विधेयकहरुलाई दफा–दफा, हरफ–हरफ केलाएर, केरकार गरेर त्यो जवाफदेहीता, उत्तरदायित्व लिने काम गर्छ। असल सांसदहरुले आफ्नो धर्म निभाउने हो भने त त्यस्ता कामहरु, राम्रा कामहरुको जगमा मुलुकको समुन्नतिको यात्रा प्रारम्भ गर्न सकिन्छ भन्ने कुरा त विश्वले नै प्रमाणित गरिसकेको छ। बनेका मुलुकहरुले देखाएको बाटो पनि यही हो। 

त्यो कृषि, जलस्रोतका समितिमा उनले गरेका तयारी, विज्ञहरुसँग गरेका सरसल्लाहहरु लिएर कसरी नयाँ कुरा पस्किन सकिन्छ। अहिले भइरहेका बेथिति, अड्चनहरुलाई कसरी फुकाउन सकिन्छ भन्नेबारे गंभीरताका साथ उनले गर्ने कामले मलाई धेरै नै प्रभावित पार्‍यो। नेपाल बनाउन सकिन्छ, नेपाल बनाउनुपर्छ। लाइक–माइन्डेड युवाहरुको गठबन्धन  नै हामीहरुले बनाउँ। अबको १०/१५ वर्ष भनेर हाम्रो अघोषित अलायन्स बनेको त्यतिखेर देखि नै हो। 

उनी तयार छन्, उनी तत्पर छन्, उनी क्वालिफाइड छन्। म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनी ७ महिना मात्र स्वास्थ्यमन्त्री भए। यो देशलाई युनिफाइड हेल्थ सिस्टममा कसरी बाँध्न सकिन्छ भन्नेबारे यति गहिरो होमवर्क गरे। त्यसपछिका सारा नीतिगत कुराहरु उनले बनाइदिएको मास्टर प्लानमै हिँडिराखेका छन्।

तर, हाम्रो संकीर्ण राजनीतिले गर्दा कहिलेकाहीँ यो त गगन थापाले बनाएको रे, यसलाई अगाडि बढाउँदिन भनेर उनले ल्याएका कुराहरुलाई 'साबोटाज' गर्ने कदम पनि चालिएका छन्। जस्तो स्वास्थ्य बिमाको कुरामा हामीले पाइलटिङ गर्‍यौं। अछाममा गर्‍यौं। बाग्लुङमा गर्‍यौं। इलाममा गर्‍यौं। कैलालीमा गर्‍यौं। त्यसलाई विस्तारै बृहत् पारेर सानो उपचार गर्न नसक्दा पनि घरखेत नै बेच्नुपर्ने खालको जुन अवस्था छ। हामीले आधुनिक समाजवादमा त्यस्तो गर्न नपरोस् भन्ने अवस्थामा लग्नु पर्छ ।


शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित एक कार्यक्रममा डा वाग्लेले गरेको सम्बोधनको सम्पादित अंश 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १७:२५
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #स्वर्णिम वाग्ले
  • #गगनकुमार थापा
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो] शुक्रबार, साउन २२, २०८३
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
देउवा काठमाडौं आएपछि प्रहरीले पक्राउ गर्ला ? शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो] शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्