काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटका लागि आफूहरुले जनता नअल्मल्याउने बताएका छन्।
आइतबार दैलेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामीलाई जनता अल्मल्याउनु छैन। भोटका लागि जनता अल्मल्याउनु छैन। देशका लागि जनतालाई सचेत बनाउनुपर्छ। सचेत बनाएर देशलाई गल्ती बनाउने हैन। सही कामका लागि, योगदानका निम्ती अघाडि बढाउनु छ।’
ओलीले ४१ महिनाको सरकारमा थुप्रै काम गरेको बताउँदै ८२ वटा माइलस्टोन भनेर उल्लेख गरेको दाबी गरे। उनले आफ्नो घोषणापत्रमा २० ग्यारेन्टीहरुलाई अघि बढाएको जानकारी गराए।
यस्तै सभामा सहभागीहरुले नेता भीम रावलको नाम लिएपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए। उनले भने, ‘चुप लाग्नुहोस्। भीम रावलको माया लागेको भए अछाम त्यहिँ पछाडिपट्टी छ। जानुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।