धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा शनिबार राति बुलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको ग १ ज ५५८० नम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
दुर्घटनामा चालक सहित ५ जना घाइते भएका छन्। घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।