काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको डोटी पुगेर पश्चिम सेती निर्माण गर्ने आश्वासन दिएका छन्।
शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न दिपायल पुगेका ओलीले विगतमा विविध कारणले सम्भव नभएको तर अब एमालेको सरकार निर्वाचनपछि बन्ने र उक्त सरकारले आयोजना बनाएरै छाड्ने बनाउने आश्वासन दिएका हुन्।
‘पश्चिम सेती निर्माण गरेर छोडिन्छ’, उनले भने, ‘विगतमा सम्भव भएन तर अब यो निर्माण हुन्छ।’ उनले यो ठाउँले नयाँ विकासको मार्ग लिने दाबी गरे।
सिलगढीमा रहेको इञ्जिनियरिङ कलेजसहित अन्य स्थानमा प्राविधिक शिक्षालय डोटीमा स्थापना गर्ने दाबी गरे। उनले ताना शर्माले लेखेको किताबमा आफूले डोटीको बयान पढेको भन्दै अब त्यो फेरिएर आधुनिकतामा गएको दाबी गरे।
यस्तै उनले भूकम्प पीडितका लागि राहत र उद्धारका काम तत्काल गर्न सरकारसँग माग गरेका छन्। जनतालाई परेको पिरमर्कामा मलम लगाउन सरकारले ढिला गर्न नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।