काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने दाबी गरेका छन्। अभिनेत्री मनिषा कोइरालाको अभिव्यक्ति प्रति लक्षित गर्दै भट्टराईले यस्तो बताएका हुन्।
उनले शनिबार बिहान ट्विट गर्दै भनेका छन्, ’बगेको खोलो फर्कँदैन, ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ। प्रकृति र समाज विकासको शाश्वत नियम यही हो। अतःजतिसुकै ठूलो सेलिब्रिटीको मुखारबिन्दबाट निस्के पनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिदैन। यस्ता उडन्ते कुरालाई महत्व नदिऊँ। समय र शक्ति बर्बाद नगरौं।’
अभिनेत्री कोइरालाले शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभालाई सम्बोधन गर्दै बीपी र महेन्द्र एक अर्कामा सम्मान र आदर गर्ने गरेको प्रशंग निकाल्दै राप्रपा अध्यक्ष लिङदेनको नीति ठिक भएको दाबी गरेकी थिइन्।
साथै उनले परिवर्तनका लागि राप्रपालाई मत दिन अपिल गर्दै संवैधानिक राजतन्त्र र सनतान हिन्दू राष्ट्रका बारेमा पनि बोलेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।